अपराध अनुसन्धानमा प्रदेश प्रहरीलाई सीमित अधिकार

२२ माघ, काठमाडौं । अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ । विभिन्न दस प्रकृतिका गम्भीर कसुर अनुसन्धानको अधिकार सङ्घीय प्रहरीलाई हुने छ । राज्यविरुद्धका कसुर, अध्यागमनसम्बन्धी कसुर र सङ्गठित अपराध अनुसन्धान सङ्घीय प्रहरीले मात्र गर्ने छ । प्रदेशभित्रका अन्य कसुरको अनुसन्धान भने प्रदेश प्रहरीले गर्ने छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयकमा प्रहरीको अधिकार र समन्वयको व्यवस्था गरिएको छ । उक्त विधेयक प्रमाणीकरण प्रक्रियामा छ । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरेर पठाइसकेका छन् । संसद्को तेस्रो अधिवेशनबाटै विधेयक पारित भए पनि सभामुख नहुँदा प्रमाणीकरण भएको थिएन ।

पारित विधेयकअनुसार प्रदेश प्रहरीको नेतृत्व सङ्घीय प्रहरीकै डीआईजीबाट हुने छ भने प्रादेशिक क्षेत्राधिकारभित्र अपराध अनुसन्धानका सीमित अधिकार दिइएको छ । पारित विधेयकमा भनिएको छ, “दफा ४ बमोजिम नेपाल प्रहरीले अनुसन्धान गर्ने कसुर तथा प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेक आफ्नो प्रदेशभित्र भएका नेपाल सरकारवादी हुने अन्य कसुरको सम्बन्धमा प्रदेश प्रहरीले प्रचलित कानुनबमोजिम अनुसन्धान गर्ने छ । ”

Advertisement

दफा ४ मा सङ्घीय प्रहरीले अनुसन्धान गर्ने कसुरसम्बन्धी व्यवस्था छ । उक्त दफाअनुसार राज्यविरुद्धको कसुर, नागरिकता तथा राहदानीसम्बन्धी कसुर, अध्यागमनसम्बन्धी कसुर, सङ्गठित अपराधसम्बन्धी कसुर, आतङ्कवादसम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरको अनुसन्धान सङ्घीय प्रहरीले मात्र गर्ने छ । यस्तै साइबर अपराधसम्बन्धी कसुर पनि सङ्घीय प्रहरीले नै गर्ने छ । विधेयकअनुसार सङ्घीय कानुनमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने कसुर, अनुसन्धानको प्रयोजनका लागि एकभन्दा बढी प्रदेशको क्षेत्राधिकार जोडिने गरी भएको कसुर, सीमापार अपराध तथा नेपालबाहिर भएको वा नेपाल बाहिरसमेत अनुसन्धान गर्नुपर्ने कुनै कसुर पनि सङ्घीय प्रहरीले मात्र अनुसन्धान गर्न पाउने छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top