अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

४ असार ७५, मंगलबार

काबुल, असार ५

अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे ।

तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् । सरकारले भने आइतबार राति सकिने अवधि थप तीन दिन बढायो ।

Advertisement

तालिबानहरु सरकारले जस्तै युद्धविरामको अवधि बढाउन अफगान सरकार र संयुक्त राष्ट्रसंघले आग्रह पनि ग¥यो । तर उनीहरुले त्यस आग्रह बमोजिम काम भने गरेनन् ।

त्यस्तै युद्धविराम भङ्ग भएको भनेर कतै विज्ञप्ति वा कुनै सूचना पनि सार्वजनिक गरेनन् ।

तर पनि उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेको घटनालाई पनि अफगानिस्तानमा एक आश्चर्यजनक रुपमा आएको निर्णयको रुपमा लिइएको थियो ।

त्यसैले पनि अफगानिस्तानका राष्ट्रपति असरफ गनिले टेलिभिजन सम्वोधनमार्फत् तीन दिन युद्धविराम समय बढाउदा उनीहरुबाट पनि कुनै निर्णय आउने अपेक्षा गरिएको थियो ।

सरकारले यो समय बढाएर मङ्गलबारसम्म पु¥याएको छ र आजका दिनसम्म पनि अफगान नागरिकमा शान्तिको आशा मरेको छैन । बरु यसले आशा जगाएको बताइएको छ ।

अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् ।

अफगान सरकारले युद्धविरामको अवधि बढाएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका थिए। साथै उनले तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए ।

यो परिस्थितिसँगै अफगानिस्तानमा पछिल्लो समयमा आएर शान्तिको आशा जागेको विश्लेषण पनि गर्न थालिएको छ ।

त्यहाँका राजनीतिक विश्लेषक भन्छन्– तालिबानले यसरी इदको नाममा सन् २००१ मा उनीहरुले सशस्त्र विद्रोह सुरु गरेपछि पहिलो पटक युद्धविराम गरेकोले उनीहरुमा शान्तिप्रति झिनो भए पनि सकारात्मक सोँच रहेको देखिन्छ ।

राजनीतिक विश्लेषक गुलाम साखी ऐसानीले भने– अबको घटना के कसरी अघि बढ्छ भन्ने बारेमा अहिले नै अनुमान गर्न त गाह्रो छ, तर पनि आगामी दिनका लागि यसले केही नरम अवस्था भने देखाएको छ ।

अफगानिस्तानको पूर्वी भूभागमा पनि पहिलो पटक अफगान सरकारी फौज र तालिबान लडाकूहरुले नै एकै स्थानमा इद मनाएका तस्बिरहरु आएका छन् ।

इदको समयमा देखिएका यी व्यवहारहरुले उनीहरु एक आपसमै पनि पहिलेको तुलनामा केही नजिकिएको रुपमा लिइएको विश्लेषकहरुको भनाई छ ।

यसले परिस्थिति केही नरम होला कि भन्ने लागेको उनीहरु बताउँछन् । यो पछिल्लो समयमा इदमा दुवै तर्फबाट सामुहिक रुपमा आदानप्रदान गरिएको सद्भाव र अभिव्यक्त विचारहरुले उनीहरुमा यस अघिको तुलनामा थप नजिक ल्याएको पाइएको हो ।

राजनीतिक विश्लेषक गुलाम भन्छन्– बाहिर आएका तस्बिर, भिडियो र इद मनाइएका समाचारहरुको आधारमा हेर्दा पनि दुवै पक्ष युद्धबाट थाकेको र आपसमा नजिकिन खोजेको देखिन्छ ।

त्यसैगरी तालिबान लडाकू र यता सरकारी सुरक्षाकर्मीहरुले पनि युद्धविरामको अवस्था लम्ब्याइदिए हुन्थ्यो भन्ने लागेको उनीहरुको मानसिकता पाइन्छ ।

तालिबानको पूर्वी प्रान्त नान्गाहारमा इद मनाउन पुगेका बाबा नाम गरेका एकजना तालिबान कमाण्डरले यो युद्धविरामको अवस्था अझै केही समय लम्बाउन सकिएमा यसले हामीलाई पनि राहात मिल्थ्यो भन्छन् ।

उनले भने– यदि हाम्रा कमाण्डरहरुले अबदेखि सरकारी सुरक्षा फौजसँग लड्नु पर्दैन भनेर सधैँलाई युद्धविरामको घोषणा गरिदिने हो भने हामीलाई त्यसले झन राम्रो हुनेछ, हामी खुसी नै हुनेछौँ ।

रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top