अबको ३ महिनामा रानीपोखरी पूनर्निर्माण सम्पन्न हुने

२२ असार, काठमाडौँ ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पूर्निनिर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पूर्ननिर्माणको काम तिव्र गतिमा भइरहेको छ । पोखरीको पिंधमा कालो माटो र ईंटा आच्छ्याउने काम सकिएको छ । पोखरी भित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो । पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको छ । २०७७ बैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लक डाउनका कारण केही प्रभावित भएको छ । पानी रहने पर्खाल र पिंधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । पूर्ननिर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले पूर्ननिर्माणको काम सम्पन्न हुन करिब ३ महिना लाग्ने बताए । पोखरीको काम सकिएपनि धेरै मिहेनत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनले बताए । उपभोक्ता समिति मार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बालगोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले बताए ।

Advertisement

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम अहिले भइरहेको छ । सौन्दरयीकरण, विजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उनले बताए । मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको मानन्धरको भनाई छ ।

Advertisement

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ । सुरुमा पिंध निर्माणका लागि भक्तपुरबाट कालिगढ ल्याइएपनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगड समेत अहिले निर्माण कार्यमा सहभागि रहेका छन् । लक डाउन केही खुकुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन् । रानीपोखरीमा पानी अड्याउनका लागि महानगरपालिकाले पिंधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो अहिले पानी अड्याउनका लागि परम्परागत तरिका– कालो माटोको तह र पुरानो इँटा विच्छ्याइएको छ ।

शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पूर्ननिर्माण प्राधिकरण मार्फत उभोक्ता समितिले बनाइरहेको छ । विनाशकारी भूकम्पले क्षति पु¥याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाएपनि पोखरी भित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो । अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ । पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ । विस.स १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गर्नुभएको थियो । लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहेपनि पूर्ननिर्माण प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न लागिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top