अब गाडी चढ्ने यात्रुलाई १० लाखको बीमा, गम्भिर घाईतेको उपचारमा १५ लाख

काठमाडौं ,पुस १६

अब सवारी साधन दुर्घटनामा पर्ने यात्रुहरुको १० लाख रुपैंयाँँ बराबरको बीमा हुने भएको छ । यातायात व्यवस्था बिभागले सडक दुर्घटनामा पर्ने यात्रुहरुको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैंयाँ पाउने व्यवस्था अघि सारेको हो ।

हालसम्म सडक दुर्घटनामा मृत्यु हुनेका आश्रित परिवारले बीमा वापत ५ लाख रुपैंयाँ पाउने गरेका थिए । त्यसमा यातायात व्यवसायी समितिहरुले अतिरिक्त रकम थपिदिने गरेका थिए । सिण्डीकेट अन्त्य भएसँगै यातायात व्यवसायी समितिहरुको अस्थित्व समाप्त भएको छ ।

Advertisement

अब सरकारले तेश्रो पक्ष बीमाको रकम वृद्धि गरेर सडक दुर्घटनामा मृत्युका आश्रित परिवारलाई १० लाख दिने व्यवस्था मिलाउन लागेको हो । ‘मृत्यु हुनेहरुका आश्रित परिवारलाई १० लाख र घाईतेहरुको उपचारका लागि ६ लाख रुपैंयाँ बीमा वापत उपलब्ध गराउने प्रस्ताव पास भएको छ, अब बीमा समिति पठाउँदैछौं’, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य प्रसाद ढकालले विकासन्युजसँग भने ।

स्पाइनल इञ्जुरी र हेड इञ्जुरीका गम्भिर घाईतेहरुको उपचारका लागि १५ लाख रुपैंयाँ उपलब्ध गराउने प्रस्ताव तयार पारिएको पनि उनले जानकारी दिए । हालसम्म सवारी साधन दुर्घटनाका घाईतेहरुको उपचारका लागि ३ लाख रुपैंयाँ बीमा वापत उपलब्ध हुन्छ ।

Advertisement

सिण्डीकेट अन्त्यसँगै यातायात व्यवसायी समितिहरुले यात्रुको मृत्यु तथा घाईतेहरुको उपचारका लागि अतिरिक्त रकम उपलब्ध गराउन छाडेका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यातायात समितिका बैंक खाता रोक्का गरिरहेको छ ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि तेश्रो पक्ष बीमाको रकम वृद्धि गर्ने प्रक्रिया अघि बढेको बताए । यातायात व्यवस्था बिभागले रकम प्रस्ताव गरेपछि बीमा समितिले नयाँ प्रिमियम तोक्ने पनि उनले जानकारी दिए ।

प्रिमियम निर्धारणका लागि समितिका अध्यक्ष, बीमक कम्पनीका दुई जना प्रतिनिधी र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बीमा दर सल्लाहकार समिति रहेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top