NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

अब बलात्कारविरुद्ध कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली

शुक्रबार अशोज ३० , २०७७
Reading Time: 1 min read
A A
कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० असाेज, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताए । “बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।” उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देशन दिए । उनले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पु¥याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।

LS Auto

प्रधानमन्त्री ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताए । सङ्क्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरे । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उनले अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले भनेण्, “सङ्क्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।” उनले महामारीको घडीमा सङ्क्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा सङ्क्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरे ।

मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराए । उनले त्यसैको जगमा बसेर कानूनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गरे । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले अपराधले भौगोलिक सीमाको पर्खाललाई तोडेको, अपराधको सञ्जाल अन्तरदेशीय विस्तार भएको र सञ्जालमा आधारित अपराधले विश्वभर आकार ग्रहण गरिरहेको सन्दर्भमा चनाखो हुन प्रहरीलाई आग्रह गरे । उनले विज्ञान, सूचना र प्रविधिको विकासले एकातर्फ मानिसको जीवनशैलीलाई सहज बनाएको तर अर्कोतर्फ यसको दुरुपयोगले दुखदायी घटना बेहोर्नु परिरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रविधिमा दक्ष तर सामाजिक र राष्ट्रिय जिम्मेवारीप्रति असंवेदनशिल समूहले स्वार्थ प्रेरित रुपमा फैलाउने अफवाह चुनौतीको रुपमा देखा परेको जिकिर गरे । उनले त्यस्ता गतिविधि विधिसम्मत रुपबाट कसरी निस्तेज गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन सम्बद्ध संस्था र व्यक्तिलाई सचेत गराए ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति सरकारको रहेको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले त्यसलाई पूर्ण कार्यान्वयनमा लैजान प्रहरीको महत्वपूर्ण भूमिका हुने बताए । उनले लोभलाभभन्दा माथि उठेर जनतालाई न्याय दिलाउनतर्फ लाग्न प्रहरीसँग आग्रह गरे ।

उनले देश र जनतालाई गलत सूचना दिएर गलत बाटोमा लैजाने चेष्टा भइरहेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराए । प्रहरी माथिको विश्वास कमजोर हुँदा सम्बन्ध कमजोर हुँदै जाने र त्यसले कालान्तरमा शान्ति सुरक्षामा नै असर पुर्याउने भएकाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिए । उनले प्रहरीको संस्थागत हितमा सरकार सदैव साथमा रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको जगेर्ना गर्दै राष्ट्रभाव अभिवृद्धि गर्ने मुलुकको नीति विरुद्ध दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेकोतर्फ सचेत हुन आम नागरिकलाई अनुरोध गरे ।रासस

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.