अब २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने, युरोप र खाडी क्षेत्रका मुलुकबाट आउनेलाई रोक

५ चैत, काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो । त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईएको छ । समितिले सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न भनेको छ । यस सम्बन्धी सुचना गृहमन्त्रालय , संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ ।

बैठकले सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु आअ‍ेसारपसार नगर्न , नगराअउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधरण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

Advertisement

समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न भनेको छ । सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न लगाउन भनिएको छ ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु,इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।

Advertisement

त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । नेपाल सरकारद्धारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि गरिएको छ ।

सरकारले भोलि विहिबारदेखि सुरु हुने एसईई परीक्षा भने सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने गरि प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेक्स स्थापना गर्ने भएको छ । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गरिने भएको छ ।

त्यसैगरी, होटल, रेष्टुरन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी,, बार रेलिङ्ग र शौचालय आदी स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top