अमेरिकाका ३७ राज्यमा संक्रमितको संख्या बढ्दो, एकैदिन ५१ हजार बढी संक्रमित फेला

१८ असार ७७, शुक्रबार

१९ असार, एजेन्सी । कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार अमेरिकाले प्रतिदिन थपिने संक्रमित संख्यामा पनि नयाँ रेकर्ड कायम गरेको छ ।

रोयटर्सका अनुसार देशभर एकैदिन ५१ हजार बढी संक्रमित फेला परेसँगै दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो ।

Advertisement

बिहीबार फ्लोरिडासहितका ९ अमेरिकी राज्यले संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको जनाएका छन् । फ्लोरिडा राज्यमा मात्रै एकैदिन कीर्तिमानी १० हजार संक्रमित फेला परेका छन् ।

कोरोनाको अर्को इपिसेन्टर बनेको क्यालिफोर्नियामा यो वृद्धि ३७ प्रतिशत पुगेको छ भने त्यहाँ अस्पताल भर्ना हुने कोभिडका विरामी दुई सातामा ५६ प्रतिशतले बढेका छन् ।

Advertisement

टेक्ससमा बिहीबार कोरोनाका करिब ८ हजार नयाँ संक्रमित फेला परेका छन्।

पछिल्ला १४ दिनमा ५० मध्ये ३७ अमेरिकी राज्यमा अघिल्लो दुई साताको दाँजोमा संक्रमित संख्या बढेको रोयटर्सको समाचारमा जनाइएको छ।

अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख २८ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ । यो संख्या विश्वमा कोरोनाका कारण भएको मृत्युको झण्डै एक चौथाई हो ।

पछिल्लो समय बढिरहेका संक्रमित संख्यालाई ध्यानमा राख्दै कयौं अमेरिकी गभर्नरहरूले लकडाउन खोल्ने योजनालाई स्थगित गरेका छन् ।

यसैगरी उनीहरूले सामुन्द्रिक किनार र अमेरिकी स्वतन्त्रता दिवसमा हुने जमघटमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top