NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

अमेरिकाका ७५ सहरमा फैलियो विरोध, ४० सहरमा कर्फ्यु

मङ्लबार जेष्ठ २० , २०७७
Reading Time: 1 min read
A A
अमेरिकाका ७५ सहरमा फैलियो विरोध, ४० सहरमा कर्फ्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेष्ठ, एजेन्सी ।
प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ ।

बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । सीएनएनका अनुसार न्युयोर्कमा मात्र २ सय ७० जना पक्राउ परेका छन् । आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ ।

LS Auto

प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए । दर्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ ।

प्रदर्शन चर्केका विभिन्न १५ राज्य र राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि नेसनल गार्ड परिचालन गरिएको छ । अमेरिकी सेनाको सञ्चित फौज नेसनल गार्ड देशभित्र कुनै संकट आइपर्दा खटाइने गरिन्छ । ह्वाइटहाउसअघि भेला भएको ठूलो भीडले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यसलगत्तै प्रदर्शनकारीले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका जनाइएको छ । ६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ ।

सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो । सीएनएनका अनुसार कम्तीमा ७५ विभिन्न सहरमा हिंसात्मक विरोध भएको छ । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।

घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।

नियोजित रूपमा हत्या गरिएको दाबी

फ्लोयडतर्फका वकिलले प्रहरीले पूर्वनियोजित रूपमा फ्लोयडको हत्या गरेको’ आरोप दाबी गरेका छन् । फ्लोयडको हत्या गर्ने मिनियापोलिसका प्रहरी सोभिनमाथि भने अञ्जानमा भएको हत्याको अभियोग लगाइएको छ । तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्युजलाई भने उक्त हत्या जानीजानी गरिएको बताए ।

उनको हत्या गर्ने आशय थियो । फ्लोयडले बारम्बार सास फेर्न गाह्रो भएको बताइरहँदा पनि उनले झन्डै ९ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए,’ उनले भने ।

अमेरिकाबाहिर पनि विरोध

फ्लोयडको हत्यालाई लिएर विश्वका अन्य देशमा पनि विरोध प्रदर्शन गरिएका छन् । लन्डनस्थित अमेरिकी दूतावासबाहिर र ट्राफलगर स्क्वायरमा हजारौं मानिसले विरोध र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागी अधिकांशले अश्वेतको जीवनले अर्थ राख्छ (ब्ल्याक लाइभ्स म्याटर)’ भन्दै नाराबाजी गरेका थिए ।

त्यस्तै, जर्मनीको बर्लिन तथा फ्रान्सको पेरिसस्थित अमेरिकी दूतावासबाहिर पनि सयौं प्रदर्शनकारीले विरोध जनाएका छन् ।

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.