×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

अमेरिकाका ७५ सहरमा फैलियो विरोध, ४० सहरमा कर्फ्यु

२० जेष्ठ २०७७

२० जेष्ठ, एजेन्सी ।
प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ ।

बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।

Advertisement
Advertisement

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । सीएनएनका अनुसार न्युयोर्कमा मात्र २ सय ७० जना पक्राउ परेका छन् । आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ ।

प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए । दर्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ ।

प्रदर्शन चर्केका विभिन्न १५ राज्य र राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि नेसनल गार्ड परिचालन गरिएको छ । अमेरिकी सेनाको सञ्चित फौज नेसनल गार्ड देशभित्र कुनै संकट आइपर्दा खटाइने गरिन्छ । ह्वाइटहाउसअघि भेला भएको ठूलो भीडले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यसलगत्तै प्रदर्शनकारीले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका जनाइएको छ । ६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ ।

सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो । सीएनएनका अनुसार कम्तीमा ७५ विभिन्न सहरमा हिंसात्मक विरोध भएको छ । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।

घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।

नियोजित रूपमा हत्या गरिएको दाबी

फ्लोयडतर्फका वकिलले प्रहरीले पूर्वनियोजित रूपमा फ्लोयडको हत्या गरेको’ आरोप दाबी गरेका छन् । फ्लोयडको हत्या गर्ने मिनियापोलिसका प्रहरी सोभिनमाथि भने अञ्जानमा भएको हत्याको अभियोग लगाइएको छ । तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्युजलाई भने उक्त हत्या जानीजानी गरिएको बताए ।

उनको हत्या गर्ने आशय थियो । फ्लोयडले बारम्बार सास फेर्न गाह्रो भएको बताइरहँदा पनि उनले झन्डै ९ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए,’ उनले भने ।

अमेरिकाबाहिर पनि विरोध

फ्लोयडको हत्यालाई लिएर विश्वका अन्य देशमा पनि विरोध प्रदर्शन गरिएका छन् । लन्डनस्थित अमेरिकी दूतावासबाहिर र ट्राफलगर स्क्वायरमा हजारौं मानिसले विरोध र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागी अधिकांशले अश्वेतको जीवनले अर्थ राख्छ (ब्ल्याक लाइभ्स म्याटर)’ भन्दै नाराबाजी गरेका थिए ।

Advertisement
Advertisement

त्यस्तै, जर्मनीको बर्लिन तथा फ्रान्सको पेरिसस्थित अमेरिकी दूतावासबाहिर पनि सयौं प्रदर्शनकारीले विरोध जनाएका छन् ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top