अमेरिकामा एकै दिन ४०,००० सङ्क्रमित फेला, अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि

१२ असार ७७, शनिबार

१३ असार, एजेन्सी ।
संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा ४०,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

फ्लोरिडा राज्यमा मात्रै झन्डै ९,००० नयाँ सङ्क्रमित थपिएका छन् जुन सङ्ख्या अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो। कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि प्रतिबन्धात्मक उपायहरू अवलम्बन गरेका छन्।

अमेरिकाले गम्भीर समस्याको सामना गरिरहेको कोरोनाभाइरससम्बन्धी सरकारका एक प्रमुख सल्लाहकार डा. एन्थोनी फाउसीले बताएका छन्। दुई महिनायता ह्वाइट हाउस टास्क फोर्सको पहिलो ब्रीफिङमा बोल्दै उनले भने, त्यसलाई अन्त्य गराउने एक मात्र उपाय भनेको हामी सबै मिलेर अन्त्य गराउने हो।

डा. फाउसीले कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रमलाई रोक्न नसकिए राम्रो गरिरहेका देशका अन्य भाग पनि अब प्रभावित हुनसक्ने बताए। उपराष्ट्रपति माइक पेन्सले पनि १६ वटा दक्षिणी राज्यहरूमा सङ्क्रमण बढ्दै गएको स्वीकारेका छन्। तर भाइरस फैलिने क्रमलाई अमेरिकाले सफलतापूर्वक मन्द बनाइदिएको उनको दाबी छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार थप ४०,१७३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। अमेरिकामा हालसम्म २४ लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने देशभरि १,२५,००० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

कोरोनाभाइरस सङ्क्रमित र त्यसबाट मृत्यु हुने सङ्ख्याको हिसाबले अमेरिका विश्वमै पहिलो स्थानमा छ। अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार देशमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या अहिले भनिँदै आएकोभन्दा कैयौँ गुना बढी हुनसक्छ।

बिहीवार सेन्टर्स फर डिजीजेज कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा दशगुना बढी हुनसक्ने बताएको थियो। आगामी अक्टोबर महिनासम्ममा १,८०,००० व्यक्तिको मृत्यु हुन सक्ने वाशिङ्टन विश्वविद्यालयको अनुमान छ। तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १,४६,००० मात्र हुने उसको भनाइ छ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top