अमेरिकामा कोरोना संक्रमण पुनः अति तीव्र गतिमा बढ्दै

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, एजेन्सी ।
कोरोना संक्रमणको खराब सूचीमा पहिलो नम्बारमा रहेको अमेरिकामा संक्रमण पुनः अति तीव्र गतिमा बढिरहेको छ ।

बिहीबार एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार बिहीबार एकै दिन ९० हजार १५५ जनामा संक्रमण पुष्टि भयो भने एक हजार ५५ जनाको कोभिड–१९ का कारण ज्यान गयो ।

पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । अमेरिकाभर पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ ।

Advertisement

शुक्रबार अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख भन्दा बढि पुगेको छ । मात्रै १४ दिनमा १० लाख संक्रमित थपिए । महामारी सुरु भएयता सबैभन्दा छिटो १० लाख संक्रमित थपिए अर्थात ८० लाखबाट ९० लाख भन्दा बढी संक्रमित पुगे ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख ३४ हजार तथा मृत्यु हुनेको संख्या दुई लाख २९ हजार पाँच सय पुगेको छ ।

Advertisement

बिहीबार इलिनोइज, इन्डियाना, मेन, मिसिगन, मिनेसोटा, न्यू मेक्सिको, नर्थ क्यारोलाइना, नर्थ डाकोता र ओहायोसहितका राज्यमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भए । सिडिसीका अनुसार सात दिनको औषत संक्रमण दर झण्डै ७७ हजार पुगेको छ ।

राष्ट्रपति चुनावको दिन नजिकिँदै जाँदा अस्पताल भर्ना हुनु पर्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । नोभेम्बर तीनमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौती दिँदै छन् ।

ट्रम्पले भिडभाड युक्त चुनावी सभा जारी राखेका छन् र त्यसको आलोचना हुने क्रम पनि जारी छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले भने भौतिक दूरी कायम गरी तुलनात्मक रुपमा साना सभा गर्ने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top