अमेरिकामा डिसेम्बर ११ देखि नै कोरोनाविरुद्धको खोप दिने तयारी

७ मंसिर ७७, सोमबार

८ मंसिर, एजेन्सी ।
अमेरिकाले आफ्ना नागरिकलाई आउँदो महिना (डिसेम्बर) को दोस्रो हप्तामै कोरोना भाइरसविरुद्धको खोप दिन थाल्ने तयारी गरेको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले दिएको जानकारी अनुसार डिसेम्बर ११ देखि नै खोप दिने गरि तयारी थालिएको हो ।

डा. मोन्सेफ स्लाओइले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई भनेका छन्, ‘खोपले स्वीकृति पाएको २४ घण्टा भित्रै खोप सम्बन्धित क्षेत्रमा पुर्‍याइने छ ।’

Advertisement

अमेरिकामा महामारीको तेस्रो लहरले तीव्र गति लिएका बेला उनको यस्तो भनाई आएको हो । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो हप्तामा संक्रमण, मृत्यु तथा अस्पताल भर्नादर लगातार बढ्दो क्रममा छ ।

अहिलेसम्म अमेरिकामा एक करोड २२ लाख १९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

Advertisement

दैनिक झण्डै दुई लाख मानिस संक्रमित हुने गरेका छन् पछिल्ला केही दिन यता । कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ५६ हजार सात सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको खोप प्रभावकारी देखिएको छ । उनीहरुले अमेरिकामा आपतकालीन रुपमा खोपको प्रयोगका लागि स्वीकृति लिन शुक्रबार निवेदन दिएका छन् ।

दुई डोज दिइनु पर्ने सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ । यो वर्षको अन्त्यसम्ममा फाइजरले खोपको पाँच करोड डोज उत्पादन गर्ने अपेक्षा रहेको उल्लेख गरेको छ ।

फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसशन (एफडिए) को भ्याक्सिन एड्भाइजरी कमिटिको बैठक डिसेम्बर १० मा बस्ने छ । सो बैठकमा खोपलाई स्वीकृति दिने वा नदिने बारे छलफल हुनेछ ।

स्वीकृति मिलेमा त्यसको भोलिपल्टदेखि नै खोप अभियान थाल्ने गरि तयारी भएको डा. स्लाओइले सिएनएनलाई बताएका छन् ।

हरेक राज्यको जनसंख्या अनुसार खोप वितरण गर्ने योजना रहेको छ । कसले खोप लगाउन पाउने छन् भन्ने निर्णय गर्ने अधिकार राज्यहरुमै रहने डा. स्लाओइले बताए ।

फाइजरसँगै अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको खोपको प्रभावकारिता पनि ९५ प्रतिशत देखिएको छ र सो खोपले पनि आउँदा हप्तामा स्वीकृति लिने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top