अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

७ कार्तिक, काठमाडौं ।

Advertisement

अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नेपाललाई थप खोप सहयोग गर्न लागेको जानकारी दिएको हो।

Advertisement

१ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको दूतावासले जनाएको छ। सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top