अमेरिकी जहाज ध्वस्त पारिदिने रुसको चेतावनी

१० मंसिर ७७, बिहीबार

११ मंसिर, एजेन्सी ।
रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ ।

रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए । रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस मक्केन’ जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको हो ।

उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटरभित्र आएको थियो । तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ ।

Advertisement

आफ्नो जहाज कहींबाट पनि निष्काशित नभएको अमेरिकाको दाबी छ । जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको हो ।

Advertisement

रुसका अनुसार ‘घूसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने’ चेतावनी दिइएको हो । तर रुसको भनाइ सत्य नभएको अमेरिकी जलसेनाका अधिकारीको भनाइ छ ।

‘समुद्री सीमाबारे गरिएको अवैध दाबी अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,’ ती अधिकारीको भनाइ छ । समुद्रमा यस प्रकारका घटना विरलै हुने गर्छन् ।

गत वर्ष साउथ चाइन समुद्रमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रुजरसँग झन्डै ठोकिएको थियो । उक्त घटनाका लागि अमेरिका र रुस दुवैले एकअर्कालाई दोष लगाएका थिए ।

दुवै पक्षले सामुद्रिक तथा हवाई क्षेत्रमा हुने एकअर्काका सैन्य गतिविधिप्रति आपत्ति प्रकट गर्दै आएका छन् । शीतयुद्धकालमा बिग्रेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय झन् तनावग्रस्त रहेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझै पनि जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन् । नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेनले सन् २०२० को जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् ।

आगामी फेब्रुअरीमा म्याद सकिन लागेको परमाणु अस्त्रसम्बन्धी एक सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझै बाँकी छ ।

सन् २०१० मा गरिएको एक सम्झौतामा दुवै देश लामो दूरीमा प्रहार गर्न मिल्ने परमाणु अस्त्रको संख्या घटाउन सहमत भएका थिए । तर व्यवहारमा भने उक्त सम्झौता कार्यान्वयन भएको नदेखिएको कपितयको ठम्माइ छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top