×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्थ मन्त्रालयले दियो १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

१० जेष्ठ २०७८

१० जेठ, काठमाडौं ।

अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ ।

Advertisement
Advertisement

मन्त्रालयले १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top