अलैँची र अदुवाको निर्यात ठप्प

२९ वैशाख, काठमाडौँ । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारणमै थन्किएका छन् ।

निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैँची र अदुवाको निर्यात ठप्प भएको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य राम्रो पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् ।

यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि बन्द छन् ।

Advertisement

अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउँछन् । घिमिरेका अनुसार अबको तीन महिनामा नयाँ अलैँची उत्पादन हुन्छ । नयाँ अलैँची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन ।

अहिले भारत अलैँचीको मुख्य बजार हो । तर, कोरोनाका कारण अलैची बिक्री हुन सकेको छैन । अलैँचीजस्तै अदुवा निकासी हुने मुख्य सिजन पनि यही हो तर निकासी शून्य छ । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top