अल्पमतमा परेपछि नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

२९ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार राजधानीसँग भन्यो ।

उपप्रधामन्त्रीसमेत रहेका महतोनिकट साह प्रदेश २ मा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि प्रदेश २ मा वन तथा वातावरणमन्त्री छन् ।

Advertisement

त्यस्तै, महेन्द्रनिकटका रमेश जसपा उपेन्द्र यादव समूहमा पुगेका छन् । संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र समूहमा गएका छन् ।

स्रोतअनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा ‘सहभागी हुने कि नहुने ?’ विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर, ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।

Advertisement

विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाहीसमेत गरियो । गत १८ जेठमा उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र सोही दिन उपेन्द्रलाई समेत ठाकुर समूहले कारबाही गर्यो ।

दुवै समूहले एकअर्कालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।

गत १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन)अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर, ठाकुर समूहले सोबमोजिम निवेदन पेस गर्न सकेको छैन ।

अनुसूची १८ मा दल विवरण हेरफेर गर्नुपर्ने भएमा सो ढाँचाअनुसार निर्वाचन आयोगमा लेखी पठाउनुपर्ने व्यवस्था छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकमा उपस्थित सदस्यको हस्ताक्षरसहितको माइन्युटसमेत आयोगमा पेस गर्न भनेको थियो ।

यादवले भने केन्द्रीय कार्यकारिणाी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारबाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फाराम मात्रै भर्न भन्यो । यादवले गत २० जेठमै भरेर बुझाइसकेका छन् ।

बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो । ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेस गर्न नसकेपछि गत २३ जेठमा एक हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय शुक्रबार सकिएको छ ।

जसपा संसदीय दलमा ठाकुर र महतो समूहको बहुमत रहेको थियो । २० सांसदसहित बहुमतमा रहेको ठाकुर समूहले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

तर, प्रतिनिधिसभा विघटन भएकाले अब कार्यकारिणी समितिमा अनिवार्य बहुमत सिद्ध गर्नुपर्नेहुन्छ । यद्यपि, कार्यकारिणी समितिमा उपेन्द्र समूहको बुहमत रहेकाले ठाकुर र महतो समूहले नयाँ दल दर्ता गर्नुपर्नेहुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top