अवैधानिक शुल्कलाई लिएर मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलीत

२ असोज, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरी आन्दोलीत भएका छन् । कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि उनीहरु आन्दोलनमा उत्रन बाध्य भएका हुन् ।

विद्यार्थीहरुले ६ दिनदेखि गण्डकी मेडिकल कलेजको पढाइ ठप्प गरेको विद्यार्थी नेता अनित सिन्हाले बताए ।

बुधबार विद्यार्थीहरुले प्रदर्शन गर्दै आफ्नै निर्देशन कार्यानन्वय नगराएको भन्दै शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको राजिनामा मागेका छन् । मन्त्रीको राजीनामा लगायतका माग लेखिएका प्ले(कार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन पनि गरेका थिए ।

Advertisement

कलेजले लिने अवैधानिक शुल्क विरुद्ध गएको माघमा पनि गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले यस्तै आन्दोलन गरेका थिए ।

मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ ।

Advertisement

तर निजी मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिन्छन् । भर्ना हुने बेलामा विद्यार्थीलाई चेपुवामा पारेर उनीहरुले एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाउँछन् ।

आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परिक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्ट्रसन शुल्क पाँच सय रुपैयाँ मात्र लिन पाउने सार्वजनिक सुचना जारी गरेको छ । त्यस्तै विद्यार्थी होस्टलमा भर्ना भए खाना र बसेको शुल्क मात्र कलेजले लिन पाउछ । कलेजहरुले लिएका अन्य सबै शुल्क अवैधानिक हुन् ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलगायत कलेजहरूले सम्बन्धित विद्यार्थीहरूलाई एक महिनाभित्र शुल्क फिर्ता गर्ने । विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने ।’

मन्त्रालयले दिएको निर्देशनको पालना नभएपछि विभिन्न मेडिकल कलेजमा विद्यार्थी फेरी आन्दोलित भएका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थी पनि दुई सातादेखि आन्दोलनमा छन् । पढाई ठप्प छ । आन्दोलनरत विद्यार्थीलाई त्यहाँ पनि पुलिसले धरपकड गरेको छ ।

शिक्षा मन्त्रालय आफैंले दिएको निर्देशन पालना गराउन चासो नदेखाएपछि विद्यार्थीहरुले शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नै राजीनामा मागेका हुन् । चितवनमा पनि बुधवार विद्यार्थीहरुले पोखरेलको राजिनामा मागेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top