अष्ट्रेलियाली सरकार र फेसबुकबीच सहमति, प्रयोगकर्ताले फेसबुकमा समाचार सेयर गर्न पाउने

Share this
701shares

११ फागुन, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ ।

Advertisement

अष्ट्रेलियाली सरकारसँग सहमति भएपछि गत सातादेखि बन्द गरिएको सेयर सेवा सुरू गरिएको फेसबुकले जनाएको छ।

अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ।

Advertisement

पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो।

फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top