अस्ट्रेलियाको मेलबर्नमा पुनः लकडाउन लागू गर्ने घोषणा

१७ असार, काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित हुने दर रोक्नको लागि अस्ट्रेलियाले मेलबर्नमा फेरि लकडाउन लागू गर्ने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार आज बुधबार रातिदेखि यो लकडाउन लागू हुनेछ ।

अस्ट्रेलियाको अन्य ठूला शहर र देशको अन्य बाँकी हिस्सामा नाटकीय ढङ्गले अधिकांश प्रतिबन्ध हटाइएको समयमा मेलबर्नमा भने लकडाउन लागू गर्ने घोषणा गरिएको हो ।

Advertisement

स्थानीय सञ्चारमाध्यमको प्रतिवेदन अनुसार मेलबर्नमा रहने झण्डै तीन लाख २० हजार नागरिकलाई अति आवश्यक पर्दामात्र घरबाहिर निस्कन भनिएको छ ।

आउँदो चार हप्ताको लागि यो लकडाउन लागू हुने बीबीसीले उल्लेख गरेको छ । यस अवधिमा विद्यालय र कार्यालय आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु खरिद गर्न र स्वास्थ्यकर्मीहरुलाई आवत जावत गर्न प्रतिबन्ध हुने छैन । यद्यपि सबैलाई सामाजिक दुरीको पालना गर्न आग्रह गरिएको छ ।

Advertisement

मेलबर्न जाने सबै उडान रद्द गरिएको छ । साथै शहरका अनावश्यक घुमेर हिँड्नेलाई जरिबाना तिराउने प्रबन्ध पनि गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियामा अहिलेसम्म सात हजार नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top