अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै

४ मंसिर ७८, आइतबार

५ मंसिर, डडेल्धुरा ।

डडेल्धुरामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहे पनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाभर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै गएका छन् । जिल्लामा एक सय दम्पतीमध्ये ३६ दम्पतीले परिवार नियोजनको साधन प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए ।

Advertisement

उनका अनुसार विगतका वर्षका तुलनामा दुई प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढेको हो । तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग गरीरहेकाहरूले निरन्तर रुपमा नगर्ने समस्या देखिएको छ। ‘महिलाको आर्कषण बढी जसो पिल्स चक्की सेवन, डिपो तथा लामो जन्मान्तरको पाँच बर्षे साधनतर्फ बढ्दै गएको छ। असुरक्षित गर्भबाट बच्न सहयोग तथा सन्तानको रहर पुगिसकेकाले परिवार नियोजका साधन प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

जिल्लामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या ७० देखि ८० को हाराहारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top