अस्पताल भरिए, काेराेना संक्रमित घरमै

२० साउन ७७, बुधबार

काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका एक युवालाई फोन गरे । संक्रमित बसेको ठाउँ पत्ता लगाए । स्वास्थ्य अवस्था बुझे । अनि उनलाई कोरोना पोजिटिभ भएको जानकारी पनि गराए । तर उनलाई आइसोलेसनमा लगिएन ।

ती युवालाई जस्तै मंगलबार बेलुका ८ बजेसम्म संक्रमण पुष्टि भएका ६९ जनालाई नै ईडीसीडीले फोन गरेको थियो । ‘अस्पतालमा भर्ना गरिहाल्नुपर्ने हो कि होइन भन्ने पत्ता लगाउन फोन गरेका हौं,’ ईडीसीडीका निर्देशक डा.वासुदेव पाण्डेले भने । उनका अनुसार काठमाडौं उपत्यकामा आफ्नै घर (छुट्टै ट्वाइलेट र बाथरुम प्रयोग गर्न मिल्ने) भएका र होम आइसोलेसनमा बस्न चाहनेलाई घरमै राखिएको छ । ‘तत्कालै अस्पताल लैजानुपर्ने छ भने तत्कालै कहीं न कहीं व्यवस्थापन गरेका छौं,’ उनले भने ।

उनले भने, ‘संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन्, सबै भरिभराउ भएपछि व्यवस्थापन गर्न गाह्रो भएको हो । यसैले कोरोना पोजिटिभ देखिएको व्यक्तिलाई फोन गरेर त्यसबारे सचेत गराउँदै एक दिन घरमै बस्न आग्रह गरिरहेका छौं ।’ काठमाडौं उपत्यकामा मंगलबार ६९ जनामा संक्रमण पुष्टि भएकामा १४ जनालाई शय्या अभावले व्यवस्थापन गर्न नसकिएको ईडीसीडीले जनाएको छ ।, यो खबर अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top