आइजीपी ज्ञवालीका उतारचढाव : प्यूठानको गाउँदेखि प्रहरी प्रमुखसम्म

२८ माघ, काठमाडौँ ।
नेपाल प्रहरीको २७ औँ महानिरीक्षक (आइजीपी)का रुपमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । सर्वेन्द्र खनालले अवकाश पाएपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मध्ये पहिलो नम्बरमा रहेका ज्ञवालीलाई नेपाल सरकारले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । खनालसँगै तीनै जना एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो । ज्ञवाली खनालकै वैकल्पिक ब्याचका प्रहरी अधिकारी हुन् ।

भद्र, कर्तब्यनिष्ठ तथा निडर मानिएका ज्ञवाली प्यूठानको झिम्रुक गाउँपालिका–१ को मध्यमवर्गीय परिवारमा जन्मिएरपनि सानैदेखि प्रहरीप्रति आकर्षित भएका थिए । प्यूठानकै मच्छी हाई स्कुलबाट एसएलसी पास गरेका ज्ञवालीले उच्च शिक्षाका लागि कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर पढ्दैगर्दा प्रहरी सेवामा प्रवेश गरे । परिवारकै पहिलो सदस्यका रुपमा उनी फौजी संगठनमा लागे । प्रहरी हुन्छु भन्ने सपना नदेखिहाले पनि जागिर खाने निहुमा उनी प्रहरीमा भर्ना भए । अन्तत २०४७ साल असार २७ गते प्रहरी निरीक्षकबाट उनले सेवा प्रवेश गरे । ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् ।

एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उनी तीस वर्षे सेवा अवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बन्न पुगेका छन् । प्रहरी महानिरीक्षकको पदमा नियुक्त भएका ज्ञवालीलाई जम्मा पाँच महिनाको कार्यकाल मिलेको छ । यो निकै छोटो अवधिमा उनले संगठनका लागि के कत्ति गर्न सक्छन् भन्ने चासो प्रहरी बृत्तमै देखिन्छ । कुनै पनि संगठनलाई सफलता पुर्वक सञ्चालन गर्न हर एक किसिमले सन्तुलन मिलाउन सक्नु पर्छ । त्यसमाथि प्रहरी संगठन आफैमा विशिष्ट छ । राजनीतिक शक्तिकेन्द्र रिझाउने मामलामा अनुदार मानिएका ज्ञवालीलाई संगठन चलाउन कतिको सकस पर्ने हो त्यो भने अबका दिनले नै देखाउने छन । सायद उनको यहि स्वभावका कारण प्रहरी संगठनमा सधै वैकल्पिक ब्याचमा सिमित रहन पुगे । चाहे सरूवामा होस् वा बढुवामा । सेवा थालेको ११ वर्षमा मात्र डिएसपी बढुवा निस्कियो । एसपी, एसएसपी र डिआइजी बढुवामा पनि ज्ञवालीहरूको ब्याच प्राथमिकतामा नपरी क्रमशः मा परेका थिए । तर उनको कार्यसम्पादन सदैव अब्बल रहने गर्दथ्यो ।

Advertisement

राजनितिक आडभरोस नपाएपनि जहाँ जुन भूमिकामा रहेर काम गरे, प्रहरी संगठनका एक योग्य पात्र हुन् ज्ञवाली । उनले डिएसपी हुँदा बुटवल, रूकुम, अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरे । एसपी भएर कर्मचारी प्रशासन, दाङ, बारा र झापामा काम गरे । एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा खटिए । २०६८ सालमा प्रहरी संगठन सुधार अभियान चलेका बेला प्रहरी उपरीक्षकको रूपमा उनी कर्मचारी प्रशासन प्रमुख थिए । जीरो टलरेन्स, राम्रालाई पुरस्कार, खराबलाई दण्ड, सरूवा–बढुवा निर्देशिका नीति अख्तियार गर्दा उनले प्रशासन शाखामा रहेर सम्झनलायक काम गरेको देखिन्छ । नव नियुक्त आइजिपी ज्ञवालीको कार्यसम्पादनको परीक्षण उनको यो जिम्मेवारी सम्हाल्ने वित्तिकै देखिने छ । किनभने उनले समकक्षीबाट तीन जना एआइजी तुरून्तै नियुक्ति प्रक्रिया थाल्नुपर्ने छ । डिआइजी, एसएसपी र एसपीको बढुवा क्रमशः उनले निकाल्नुपर्ने हुन्छ ।

बढुवामा प्रहरी प्रधान कार्यालय नक्सालको इन्ट्रेष्ट भन्दा पनि राजनीतिक शक्तिकेन्द्रको हैकम बढी चल्ने गरेको सुनिन्छ । सायदै चलखेल विनाको बढुवा प्रक्रिया अहिलेसम्म सम्भव भएको होला । यस अघिका पूर्व प्रहरी प्रमुख खनाल राजनितिक शक्तिसंग जुद्धन नसक्दा ‘निरीह’ देखिएका थिए । उनको यसै निरिहताका कारण पहिलो नम्बरको अधिकृत चौथो नम्बरसम्म पुगेका थिए । यस्तो परिस्थितिमा खरो स्वभावका ज्ञवाली कसरी प्रस्तुत हुन्छन् भन्नेमा धेरैको चासो रहेको छ । शक्तिकेन्द्रको रोजाइमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी पर्दा पहिलो नम्बरका ज्ञवाली चौथोमा धकेलिएका तितो अनुभव पनि उनी आफैसंग छ । बढुवामा अन्याय परेका कतिले त राजिनामा पनि दिएका छन् बाकि रहेका धेरैसंग गुनासोको चाङ छ । ज्ञवालीले बढुवामा परेको अन्यायको घाउमा मल्हम् लगाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनी पुराना दिनमा भएका गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाउछन् । तर भनाई र गराईमा कति एकरुपता उनले देखाउन सक्छन त्यसको लागि केही समय पर्खनु नै पर्ने देखिन्छ ।

Advertisement

ज्ञवालीले उपेन्द्रकान्त अर्यालको सचिवालयमा बसेर पनि काम गरेका थिए । जतिवेला रमेश खरेलहरूको निकै बोलबाला थियो । खरेलहरूको आक्रामक प्रहरी कारबाहीमा ‘कवच’ सम्झिइने अधिकृतमध्ये ज्ञवाली पनि हुन् । तर, अर्याल बिदा भएपछि प्रकाश अर्याल हुँदै खनालसम्म आइपुग्दा न नीति निर्देशिका अनुसार प्रहरी चल्यो । न व्यावसायिक अधिकृतको कार्यसम्पादन मूल्यांकन नै उचित भयो । सरूवा–बढुवामा त मनोमानी चल्न थाल्यो । ज्ञवालीले शक्तिकेन्द्रसँगको सम्बन्ध, सन्तुलन मिलाएर प्रहरी संगठनको मनोबल बढाउने र कर्मचारीका गुनासा सम्बोधन गर्ने मामिलामा आफूलाई कति परिभाषित गर्लान् परीक्षण हुन बाँकी छ । प्रहरी संघीय संरचनामा गएको छैन । यो संरचनामा जाँदा सेवाअवधिको विषय छ । कर्मचारीको समायोजनको पाटो छ । पाँच महिनाभित्र यो कति सम्भव होला नहोला अन्योल छ । अधिकार सम्पन्न संगठन भएपनि राजनितिले हातखुट्टा चलाउनाले पुरानै र अप्ठारो परिस्थितिमा रहेको प्रहरी संगठनका प्रमुखमा नियुक्त भएका छन् ठाकुरप्रसाद ज्ञवाली । जसको कार्यकाल पनि तुलनात्मक रुपमा निकै छोटो देखिन्छ । यस अवधिमा प्रहरी संठनलाई थप उदाहरणीय बनाउदै जनतालाई सुरक्षित, अपजस कम र जस धेरै लिने गरी ज्ञवालीले काम गर्न सकुन हाम्रो शुभकामना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top