आइसिटी अवार्ड २०१९ को चौथो संस्करण सम्पन्न । यस वर्षको आइसिटी पायोनियर अवार्ड महावीर पुनलाई

३२ साउन ७६, आइतबार

भदौ, एजेन्सी।

आइसिटी अवार्ड २०१९, चौथो संस्करण  सम्पन्न भएको छ । यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्‍यक्ष महावीर पुनलाई प्रदान गरिएको छ।

सूचना प्रविधिको माध्‍यमबाट विगत दुई दशकदेखि सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा खोज, अनुसन्धान गरिरहेका पुनलाई सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, क्‍यान महासंघका संस्थापक अध्यक्ष विमल शर्मा र नाष्टका भाइस चान्सलर प्रो.डा.सुनिलबाबु श्रेष्ठले प्रदान गरेका थिए।

यस्तै यस वर्षको आइसिटी नेपाली डायसपोरा अवार्ड २०१९ फ्युज मेशिनका अध्यक्ष डा. समीर मास्केलाई प्रदान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स प्रदान गर्ने यो कम्पनीले खास गरी नेलुरल ल्‍याङग्वेज प्रोसेसिङ र मेशिन लर्निङ सिष्टममार्फत कष्टुमर सर्भिस अटोमेशनका लागि काम गरिरहेका छन्।

Advertisement

यस्तै आइसिटी डिजिटल गर्भेन्स अवार्ड यस वर्ष सरकारको संविधानिका निकाय लोक सेवा आयोगलाई प्रदान गरिएको छ। लोक सेवा आयोगले सूचना प्रविधको माध्‍यमबाट प्रादेशिक कर्मचारी व्‍यवस्थापन र घरमै बसेर लोक सेवाको परीक्षार्थीहरुका लागि अनलाइन मार्फत परीक्षा फारम भर्ने व्‍यवस्था गरेको छ।

कम्प्‍युटर साइन्स अन्तर्गत स्पीच प्रोसेसिङमा कोलम्बिया युनिभर्सिटीबाट स्नातकोत्तर गरेका मास्केले अमेरिकासहित नेपाल, क्यानडा, रुवान्डा लगायत देशमा कार्यालय खोलेर आर्टिफिसियल इन्टेलिजेन्स सेवा प्रदान गरिहरेका छन्।

Advertisement

यस्तै आइसिटी आन्टरप्रेनर अवार्ड यस वर्ष डिजिटल वालेट खल्तीलाइ प्रदान गरिएको छ। खल्तीका कार्यकारी अधिकृत अमित अग्रवालले सन् २००९मा सुबिसु छाडेर जानकी टेक्नोलोजी कम्पनी खोलेर स्प्यारो एसएमएस हुँदै खल्ती मोबाइल एपमार्फत घरमै बसी-बसी बिजुलीको बिल, खानेपानीको बिल रिचार्ज कार्ड, फिल्मको टिकट, बैंकिङ सेवा दिइरहेको छ।

यस्तै डिजिटल एजुकेशन आसिटी अवार्ड २०१९ यस वर्ष ललितपुरमा रहेको ओपन युनिभर्सिटीलाइ प्रदान गरिएको छ भने राइजिङ इन्नोभेसन आइसिटी अवार्ड पुल्चोक इन्जिनियरङ क्‍याम्पसका रितेश पाण्डे र आयुश भट्टराइले बनाएको रक्तदान एपलाई प्रदान गरिएको छ।

उनीहरुले बनाएको उक्त एपले रगतदाताको खोजी गर्ने र कुन रक्तदाता कहाँ छ भनेर सम्पर्क नम्बर खोज्‍न सकिन्छ। साथै रक्तदाताले रक्तदान गरेको आधारमा रेस्पेक्ट प्वाइन्ट्स र स्वास्थ्य सेवाका कुपनहरु पाउनेछन्।

यस्तै आइसिटी स्पार्टअप अवार्ड इडिजिटल नेपाले पाएको छ। विद्यालय र कार्यालयमा प्रविधिको प्रयोगमा पहुँच पुर्‍याइरहेको यो स्टार्टअप कम्पनीले डिजिटल नेपालको सपनालाई पूरा गर्ने अभियानमा जुटेको छ।

यस्तै यस वर्षको आसिटी प्रडक्ट अवार्ड मेडिको सिष्टम एण्ड सर्भिसेजलाई प्रदान गरेको छ। यसले विभिन्‍न हस्पिटलहरुको प्रशासनिक व्‍यवस्थाहरुलाई डजिटल बनाउँछ भने विभिन्‍न सेड्युलहरुलाइ एकिकृत गरी इलेक्ट्रोनिक मेडिकल रिपोर्ट तयार पार्छ।

यस्तै यस वर्षको पब्लिक च्वाइस अवार्ड किताब यात्रा नेपालले जितेको छ। पठन संस्कृतिलाई विकास र विस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ।

यस्तै यसवर्षको आइसिटी मिडिया पर्सन अवार्ड कान्तिपुर दैनिकमा कार्यरत विजय तिमिल्सिनालाई प्रदान गरिएको छ।उनले विगत १४ वर्षदेखि प्रविधि क्षेत्रमा खासगरी टेलिकम्युनिकेशन र नयाँ नयाँ ग्याजेट्स क्षेत्रमा समाचार, फिचर र रिपोर्टमार्फ कलम चलाउँदै आएका छन्।

यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाईराष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ। यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने भएको छ।

आइसिटी अवार्ड २०१९ सफल बनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम लगायत दुई दर्जन बढी सस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top