आईपीएलको सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ

१३ बैशाख ७८, सोमबार
Share this
826shares

१३ वैशाख, काठमाडौँ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

Advertisement

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरेका छौं ।’

Advertisement

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top