आईपीएल : कोलकातामाथि चेन्नईको रोमान्चक जित

१३ कात्तिक ७७, शुक्रबार

१४ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलकोे ४९ औं खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४ बलमा ३ रन जोडेको थियो । कमलेश नगरकोटीले फ्याँकेको उक्त ओभरको अन्तिम दुई बलमा रविन्द्र जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईको जित पक्का पक्का गराए । जडेजा ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । साम करन १४ बलमा १ चौका सहित १३ रनमा अविजित रहे ।


युवा ओपनर रितुराज गायक्वाडले सर्वाधिक ७२ रनको योगदान दिए । प्याट कमिन्सले बोल्ड आउट गर्नुअघि ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अम्बाती रायुडु २० बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा आउट भए । शेन वाटसन १४ र महेन्द्रसिंह धोनी १ रनमा आउट हुन पुगे । कोलकाता प्याट कमिन्सले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट हात पारे ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

Advertisement

 

आठौं ओभरको दोस्रो बलमा स्पिनर करण शर्माले ओपनर सुभमन गिललाई २६ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । पहिलो विकेटका लागि सुभमन गिल र नितेशले ५३ रनको साझेदारी गरेका थिए । गिलले १७ बलमा ४ चौका प्रहार गरे । स्पिनर मिचेल सान्टनारको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुनिल नारायण ७ रनमा रविन्द्र जडेजाबाट क्याच आउट भए । जडेजाले १३ औं ओभरको पाँचौं बलमा रिंकु सिंहलाई ११ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराए ।

लुन्गी एनगिडीको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका राणा लङअनमा साम करनबाट क्याच आउट हुन पुगेपछि शतक बनाउन चुकेका थिए । चौथो विकेटका लागि कप्तान ओईन मोर्गन र नितेशले ४४ रनको साझेदारी गरेका थिए । दीनेश कार्तिक १० बलमा ३ चौका सहित २१ रनमा अविजित रहे । मोर्गन १२ बलमा २ चौका सहित १५ रनमा क्याच आउट भए । राहुल त्रिपाठी ३ रनमा अविजित रहे ।

करण शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । मिचेल सान्टनारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए । एनगिडीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । यो हारसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ । अब कोलकाता अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । कोलकाताले अन्तिम खेल आइतबार राजस्थान रोयल्ससँग खेल्नेछ भने चेन्नईले अन्तिम खेल आइतबार किंग्स इलेभेने पन्जाबसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

सम्बन्धित समाचार

Scroll to Top