आईपीएल : कोलकातामाथि दिल्लीको जित, धवन बने नायक

३० चैत ७५, शनिबार
Share this
754shares

एजेन्सी, चैत ३०
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न २६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले कोलकातालाई ७ विकेटले पराजित गरेको हो ।

Advertisement

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो । उनले ६३ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्वी शाले ७ बलमा २ छक्कासहित १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा कट बिहाइन्ड भए ।

तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेपछि दिल्ली सहज जिततर्फ लम्केको थियो । पन्तले ३१ बलमा ४६ रन जोडे । उनले नितिश रानाको बलमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि ४ चौका र २ छक्का प्रहार गरेका थिए । कोलिन इन्ग्रामले ६ बलमा १४ रन जोड्ने क्रममा १ चौका र विजयी छक्का प्रहार गरेका थिए । कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १–१ विकेट लिए ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । कोलकाताका लागि ओपनरमा बढुवा भएका युवा ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए ।

Advertisement

कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुनस् उत्कृष्ट ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे । रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे । तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।

दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । क्रिस मोरिस र कागीसो रबाडाले पनि २–२ विकेट लिए । जितसँगै दिल्ली सात खेलमा चार खेल जित्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top