आईपीएल: धवनको शतकमा उत्कृष्ट जित निकाल्दै दिल्ली शीर्षस्थानमा उक्लियो

२ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।

शनिबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । अक्षर पटेलले रविन्द्र जडेजालाई दोस्रो, तेस्रो र पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

Advertisement

दिल्लीका ओपनर शिखर धवन ५८ बलमा १४ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे । यो धवनको टि२० क्रिकेटमा पहिलो शतक हो । धवनले ५७ बलमा शतक प्रहार गरेका थिए । धवनलाई सातौं ओभरको तेस्रो बलमा दिपक चहरले व्यक्तिगत २७ रनमा डीप स्क्विायरमा क्याच छोड्दै जीवनदान दिएका थिए । अक्षर पटेल ५ बलमा ३ छक्का सहित २१ रनमा अविजित रहे ।

दिल्लीका ओपनर पृथ्वी शा पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भएका थिए । दिपक चहरले शा लाई क्याच एण्ड बाल्ड आउट गरे । चहरको पाँचौं ओभरको पहिलो बलमा अजिंक्या रहाणे साम करनबाट ८ रनमा आउट भए । १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर फाफ डु प्लेसिसबाट २३ रनमा क्याच आउट हुन पुगे ।

Advertisement

 

शार्दुल ठाकुरले १६ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई २४ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराएपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो । एलेक्स केरी ४ रनमा आउट भए । दीपक चहरले ४ ओभरमा एक मेडन सहित १८ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, साम करन र ड्वेन ब्राभोले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।अम्बाती रायुडु २५ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे ।

तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा ४ छक्का सहित ३३ रनमा अविजित रहे । पाँचौ विकेटका लागि रायुडू र जडेजाले २१ बलमा ५० रनको अविजित साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । चेन्नईले अन्तिम पाँच ओभरमा एक विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

चेन्नईले पहिलो ओभरको तेस्रो बलमै ओपनर साम करनलाई शून्यमा गुमाएको थियो । तुषार देशपान्डेको बलमा करन एनरिच नोर्कियाबाट क्याच आउट हुँदा चेन्नईले खातामा कुनै रन जोडेको थिएन । दोस्रो विकेटका लागि शेन वाटसन र फाफ डु प्लेसिसले ८७ रनको साझेदारी गर्दै चेन्नईको इनिङलाई अघि बढाएका थिए ।

१२ औं ओभरको चौथो बलमा नोर्कियाले वाटसनलाई ३६ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाए । वाटसनले २८ बलमा ६ चौका प्रहार गरे । कागिसो रबाडाको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका डु प्लेसिस शिखर धवनबाट लङ अनमा ५८ रनमा समातिन पुुगे । डु प्लेसिसले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

 

नोर्कियाको १७ औं ओभरको तेस्रो बलमा अघि बढेर ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह एज लाग्दै विकेटकिपर एलेक्स केरीबाट ३ रनमा क्याच आउट हुन पुगे ।

तुषार देशपान्डेले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट हात पारे ।

यो सँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । दिल्लीले अब मंगलबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ भने चेन्नईले सोमबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top