आईपीएल : पन्जाबमाथि राजस्थानको सानदार जित

१५ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ । शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ५० औँ खेलमा अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा पन्जाबमाथि जित निकाल्दै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । साथै प्ले अफको सम्भावना कायमै राखेको छ ।

जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका कप्तान स्टिभ स्मिथ २० बलमा ५ चौका सहित ३१ अविजित रहे । जस बटलर ११ बलमा १ चौका र २ छक्का सहित २२ रनमा अविजित रहे ।

Advertisement

राजस्थानलाई ओपनर बेन स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का सहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि स्टोक्स र रोबिन उथप्पाले ५।३ ओभरमा ६० रन जोड्दै पन्जाबलाई दबाबमा राखेका थिए । क्रिस जोर्डनको बलमा बेन स्टोक्स दीपक हुडाबाट क्याच आउट आउट हुन पुगेका थिए ।

Advertisement

मुरुगन आश्विनको ११ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका उथप्पा निकोलस पुरनबाट ३० रनमा समातिन पुगेका थिए । उथप्पाले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा सन्जु स्यामसन ४८ रनमा रन आउट हुन पुगे । स्यामसनले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनको योगदान दिए ।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए ।

पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए ।

यी दुई खेलाडीको साझेदारी बने स्टोक्सले १५ औं ओभरको चौथो बलमा राहुललाई राहुल टेवाटियाबाट ४६ रनमा क्याच गराउँदै तोडेका थिए । राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

तल्लोक्रममा निकोलस पुरनले १० बलमा ३ छक्का सहित २२ रनमा क्याच आउट भए । बेन स्टोक्सको १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका पुरन राहुल टेवाटियाले बाउन्ड्री नजिककै उत्कृष्ट क्याच लिएपछि पेभिलिएन फर्केका थिए । ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा अविजित रहे । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । प्ले अफमा स्थान बनाउन यी दुबै टोलीले अन्तिम खेलमा फराकिलो जित निकालेर मात्रै पुग्दैन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top