‘आई एम् वेल’ भन्दै मंगल ग्रह पुगेको हेलिकोप्टरले पठायो सन्देश

१५ फागुन, एजेन्सी ।
नासाको क्यालिफाेर्नियास्थित ‘जेट प्रपोल्सन लेबोरेट्री’ (जेपीएल) लाई मंगल ग्रहबाट एउटा सन्देश आइपुगेको छ।

यो सन्देश पठाउने काम नासाले मंगल अभियानमा पठाएको हेलिकाेप्टर ‘इनजेन्युनिटी’ (Ingenuity) ले मंगल ग्रह पुगेर गरेको हो। यो हेलिकाेप्टर अहिले मंगल ग्रहको उपलब्ध ३० वटा नक्शा श्रृंखला ‘Syrtis Major quadrangle’ अनुसार 18.38°N 77.58° मा स्थित ‘जेजेरो क्रेटर’मा रहेको छ।

अमेरिकाको ‘यूनाइटेड स्टेट्स जियोलाजिकल सर्वे (USGS) एस्ट्रोजोलोजी रिसर्च प्रोग्राम’सँग मंगल ग्रहको longitudes 270° to 315° west and latitudes 0° to 30° north को मानचित्र उपलब्ध रहेको छ।

Advertisement

‘जेजेरो’को अर्थ बोस्नियन भाषामा ताल (lake) हुन्छ । बोस्निया एण्ड हर्ज़ेगोविनामा जेजेरो नामको एउटा सानो शहर नै छ। वैज्ञानिकहरुको विश्वास छ मंगल ग्रहको यस स्थानमा कुनै बेला नदी हुने गर्थ्यो। पछि नदी सुकेर ताल बन्यो र ताल पनि सुकेर मंगलको यो क्षेत्र डेल्टा बन्न पुग्यो।

मंगलको यस ठाउँको नाम बोस्नियान भाषामा तालका लागि प्रयुक्त गरिने शब्द ‘जेजेरो’ नै छनौट भएर मंगलको यस स्थानको नाम ‘जेजेरो क्रेटर’ राखिएको हो। यस ‘जेजेरो क्रेटर’को व्यास ४९ किमी रहेको छ। नासाले सन २०२० को आफ्नो मंगल अभियानको अवतरण स्थल २०१८ मै निर्धारित गरेको थियो।

Advertisement

यस पटक नासाले आफ्नो अत्याधुनिक ‘रोवर परसिवरेंस’लाई मंगल ग्रहको जेजेरो क्रेटरमै ‘ल्याण्ड’ गराउने योजना बनाएको थियो। नासाले योजना मुताबिक ३० जुलाई २०२० मा रोवरलाई मंगलतिर प्रक्षेपित गर्यो र यो रोवर झण्डै २०० दिनको यात्रा गरेर १८ फेब्रुअरी २०२१ मा जेजेरो क्रेटर पुग्न सफल भयो।

हेलिकाेप्टर ‘इनजेन्युनिटी’ले ‘जेट प्रपोलसन लेबोरेट्री’लाई आफ्नो स्वास्थ्य विषयक खबर पठाउँदै आगामी मिसन अर्थात उडानका लागि तयार रहेको सन्देश पठाएको छ। केही दिनभित्र नै ‘इनजेन्युनिटी’ले उडान भरेर कीर्तिमान कायम गर्छ।

‘इनजेन्युनिटी’को उडान सफल रहेको खण्डमा पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डको धरातलमा यस किसिमको पहिलो घटना हुनेछ।

आजसम्म पृथ्वी बाहेक अन्य कुनै ठाउँमा हेलिकोप्टर उडाउने प्रयास भएका छैनन्। ६ पटक मानिस नै पुगिसकेको चन्द्रमामा पनि हेलिकोप्टर उडाउने प्रयास गरिएको छैन।

‘इनजेन्युनिटी’ ले सन्देशमा आफू र ‘रोवर परसिवरेंस’मा रहेको आफ्नो बेस स्टेशन योजना मुताबिक काम गरिरहेको जनाएको छ। यो हेलिकोप्टर रोवरसँग ३० दिनसम्म ‘अटैच’ रहने छ।

‘रोवर परसिवरेंस’मा एउटा इलेक्ट्रिकल बाकस रहेको छ, यस बाकसले हेलिकोप्टर ‘इनजेन्युनिटी’ र ‘जेट प्रपोल्सन लेबोरेट्री’का बीच भएका संचार संवादलाई सुरक्षित राख्नुका साथै हेलीकोप्टरको उडान ‘रूट’ एवं ‘ल्यान्डिंग’ सुनिश्चित गर्छ।

क्यालिफाेर्नियाबाट मिसन कन्ट्रोलले २० करोड किमी टाढा रहेको यस हेलिकोप्टरलाई मंगल ग्रहको अति चिसो तापमानले जोगाउने प्रयास गर्छ। मंगल ग्रहमा दिउँसोको तापमान २० डिग्री सेन्टीग्रेड हुन्छ तर यहाँका रात भने अति चिसा माइनस ८७ डिग्री सेन्टीग्रेड सम्मका हुन्छन्।

र, फेरि मंगल ग्रहमा प्रथ्वी जस्तै २४.६२२ घंटाको (पृथ्वीमा भने एक दिन २३ घण्टा ५६ मिनेट ) एक दिन हुन्छ। १२ घण्टामै रात आईहाल्छ। ‘जेट प्रपोल्सन लेबोरेट्री’का वैज्ञानिकले चिसो बढना साथ हेलीकोप्टरमा रहेको हीटर अन गर्नुपर्ने हुन्छ।

हीटर संचालित हुन हेलिकोप्टरमा बैटरी जडान गरिएका छन्। बैटरीलाई पनि चार्ज गरी राख्नु पर्छ। हेलिकोप्टरलाई अहिले विधुत आपूर्ति ‘रोवर परसिवरेंस’ बाट भइरहेको छ। तर एकपटक हेलिकोप्टर आफ्नो उडानमा रोवरमा भएको बेस स्टेशनबाट बाहिरिए पछि भने यसले आफ्नो ऊर्जापूर्ति सूर्यबाट गर्छ ।

यसका लागि यसमा सोलर पैनल जडित रहेका छन्। उडान पछि यो ‘ल्याण्ड’ गरी पुनः बेस स्टेशनमा आराम गर्न आउँछ। नासाको यस पटकको ‘रोवर परसिवरेंस’ भने ‘न्यूक्लियर पावर’ले संचालित हुने मेसिन हो।

भनौ पहिलो पटक नै पृथ्वी बाहेक अन्य कुनै ठाउँमा आणविक शक्तिको पनि प्रयोग भइरहेको छ यस अमेरिकी मंगल अभियानमा।

‘जेट प्रपोल्सन लेबोरेट्री’को योजनामा हेलिकोप्टर उडाउने योजना मंगल ग्रहका ३० दिन पछि अर्थात ३० ‘सोल डे’ (sol day or Martian day ) पछि रहेको छ।

मंगलको एक दिन पृथ्वीभन्दा केही मिनेट लामो अर्थात २४ घण्टा, ३९ मिनेट, ३५.२४४ सेकण्ड्स (पृथ्वीभन्दा झण्डै ४३ मिनेट लामो ) को हुन्छ।

मंगलमा ३० दिनसम्म ‘इनजेन्युनिटी’ हेलीकोप्टर बेस स्टेशन अर्थात ‘रोवर परसिवरेंस’ मा रहेको इलेक्ट्रिकल बाकसमा रही पहिलो उडानको तैयारी गर्छ। ‘जेट प्रपोल्सन लेबोरेट्री’को मान्यताअनुसार यदि यस हेलिकोप्टरले ‘टेक अफ’ गरी केही मिनेट मंगलको आकाश मा उड्न सक्याे भने उनीहरुले यसलाई ९० प्रतिशत सफल भएको ठान्छन्।

र, यदि हेलिकोप्टरले ‘टेक अफ’ गरी उडेर केही मिनेट मंगलको आकाशमा बिताएर सफलतापूर्वक बेस स्टेशनमा ‘ल्याण्ड’ गर्न सक्यो भने यसका अन्य ४ वटा उडान पनि संचालित गरिने छन्।

यस हेलिकोप्टरमा अनेको क्यामेराका साथ ध्वनि रेकर्ड गर्न माइक्रोफोनका साथै अन्य वैज्ञानिक उपकरण पनि जडान गरिएका छन्। भनौ ‘जेट प्रपोल्सन लेबोरेट्री’का वैज्ञानिकहरुसँग यस हेलिकोप्टरले दोहाेरो संवाद पनि गर्न सक्छ।

पृथ्वीका वैज्ञानिकले पहिलो पटक पृथ्वी बाहेक अन्य कुनै ठाउँमा हेलिकोप्टर उडाउन गइरहेका छन् यसलाई लिएर वैज्ञानिकहरु अति उत्साहित एवं रोमांचित पनि भइरहेका छन्। थाहा छैन मंगल ग्रहको सतहभन्दा माथिको वायु मण्डलीय दवावमा (एयर प्रेसर ) हेलिकोप्टर उड़न सक्छ कि सक्दैन।

हुन त यस अमेरिकी मंगल अभियानभन्दा पहिला अमेरिकाले आफ्ना ४ वटा रोवर ‘सोजोर्नर’, ‘अपर्चूनिटी’, ‘स्पिरिट’, ‘क्यूरोसिटी’ मंगल ग्रहमा अवतरण गराइसकेको छ।

१९७६ मा पहिलो पटक अमेरिकी अभियानको वाइकिंग १ ले २० जुलाई १९७६ का दिन मंगल ग्रहमा पाइला टेकेको थियो। २० अगस्त १९७५ मा प्रक्षेपित गरिएको वाइकिंग १ लाई मंगल पुग्न त्यों बेला ११ महीनाको समय लागेको थियो।

यसको लगत्तै वाइकिंग २ ले ३ सेप्टेम्बर १९७६ मा मंगल अवतरण गरेको थियो। यसभन्दा पहिलाका तमाम असफल अमेरिकी प्रयास र यस पछिका तमाम सफल अमेरिकी अभियानका ४ वटा रोवर लगायत अनेको ‘मार्स ऑर्बिटर’ अमेरिकाले सफलता साथ मंगलको ‘आर्बिट’मा स्थापित गरेको छ।

अहिले त यो काम अमेरिका बाहेक छिमेकी भारत,चीन,युऐइ, यूरोपियन स्पेस एजेन्सी, र रूसले पनि गरिसकेका छन्। तर मंगलमा ‘ल्यान्डिंग’ गर्ने श्रेय आजका मितिसम्म अमेरिकालाई मात्रै छ।

पृथ्वीको चलन जस्तै ( सेटेलाइट सरह ) ‘मार्स आर्बिटर’ मंगल ग्रहको धरातलभन्दा ४०० किमी माथिको ( भनौ मंगल ग्रहको ‘लोअर स्पेस आर्बिट’मा ) ‘आर्बिट’मा स्थापित गरिएका हुन्छन्।

यसभन्दा तल स्थापित गरिँदा यिनलाई मंगलको गुरुत्वाकर्षणले तानी दिने खतरा हुन्छ। तान्न त यस उचाईमा रहेका ‘आर्बिटर’लाई पनि मंगलको गुरुत्वाकर्षणले तानेर तल लगिदिन्छ तर पृथ्वीस्थित नियन्त्रण कक्षले पुनः यिनलाई ४०० किमीको ‘आर्बिट’मा फर्काउँछन्।

‘आर्बिटर’ले यसै उचाईबाट मंगलको निरीक्षण गर्छन् र मंगलमा अवतरण गराइएको रोवरले २-३-५ सय मिटर वरिपरी घुमेर मंगल ग्रहको धरातलीय अवलोकन गर्दै तत सम्बन्धी जानकारी ‘जेट प्रपोल्सन लेबोरेट्री’ लाई पठाउँछन्। ‘आर्बिटर र ‘रोवर’ दुवैको काम गर्ने सिमाना हुन्छ।

यसैलाई मध्येनजर गरी ‘जेट प्रपोल्सन लेबोरेट्री’ले मंगल ग्रहमा हेलिकोप्टर उडाएर त्यहाँको अन्य जानकारी प्राप्त गर्ने उद्देश्य राखेर आफ्नो यस अभियानमा हेलिकोप्टर उडाउने योजना बनाएको हो।

यस ‘रोटरक्राफ्ट’ अर्थात ‘इनजेन्युनिटी’ हेलिकोप्टर ले मंगल धरातलबाट माथि उडेर विभिन्न अन्य ‘लोकेसन’का ‘हाई डेफिनेशन’ तस्बिर खिचेर पठाउँछ।

यस हेलिकोप्टरको तौल झण्डै २ किलोग्राम रहेको छ। यस हेलिकोप्टरसँग एकजना भारतीय विधार्थी वनिजा रुपाणीको नाम पनि जोडिएको छ। नासाले मंगल ग्रहमा हेलीकोप्टर उडाउने योजना सार्वजनिक गर्दै आफूले बनाएको हेलिकोप्टरको नाम राख्न एउटा प्रतियोगिता गराएको थियो।

संसारभरीबाट यसको नाम के राख्ने भन्ने प्रस्ताव आए। नासाले भारतीय छात्रा वनिजा रुपाणीले पठाएको नाम ‘इनजेन्युनिटी’ रोजेर हेलिकोप्टरको नामकरण संस्कार गरेको थियो।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top