NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

आजबाट सहुलियत पसल खुल्दै, अनलाइनबाट पनि किन्न सकिने

बिहिबार अशोज १५ , २०७७
Reading Time: 1 min read
A A
आजबाट सहुलियत पसल खुल्दै, अनलाइनबाट पनि किन्न सकिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ आश्विन, काठमाडौँ ।
चाडपर्वलाई लक्षित गर्दै अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट सुपथ मूल्य पसल सन्चालन गरेको छ ।

खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको परम्परालाई निरन्तरता दिँदै छठको भोलिपल्टसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो । उपत्यका र बाहिर गरी ६५ भन्दा बढी सरकारी आउटलेट–बिक्री केन्द्रबाट छुट दिइने मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

‘उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनका ११ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ५ आउटलेट–बिक्री केन्द्र छन् । जिल्लामा खाद्यका २५ र साल्टका २४ वटा आउटलेट छन्,’ उनले भनिन्, ‘तिनबाट खाद्यवस्तुमा छुट दिइनेछ ।’

LS Auto

उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन हुनेछन् । खाद्य र साल्टसँगै दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आफ्ना बिक्री केन्द्रबाट छुट दिने उनले बताइन् ।

डीडीसीले लैनचौर, न्युरोड र खुमलटारबाट छुट दिनेछ । आउटलेटबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइनेछ । विगतमा यी तीन संस्थानसँगै निजी क्षेत्रले पनि रामशाह पथमा एकीकृत सहुलियत पसल सञ्चालन गर्दै आएको थियो ।

यस वर्ष कोरोनाका कारण बढी भीड हुने आकलनले एकीकृत सहुलियत पसल नराखिने भएको हो । आउटलेटमा यी निकायले बिक्री गर्ने सबै वस्तु पाइने मन्त्रालयले जनाएको छ । ‘साल्ट र खाद्यका आफ्नै बिक्री केन्द्र–स्टल छन्, त्यहाँ छुट पाइन्छ,’ केसीले भनिन् ।

सबैले आआफ्नो स्टलबाट छुट दिने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘आआफ्नो स्टलमा छुट दिँदा भीड कम हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर यसपालि एकीकृत सहुलियत पसल खोलिएन ।’

ताप्लेजुङदेखि सुदूरपश्चिमसम्म खाद्यका डिपो छन् । तिनबाट पनि छुट दिइने उनले बताइन् । अनलाइन सेवा पनि यथावत् रहने न्यौपानेको भनाइ छ । डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले पनि यसपालि एकीकृत पसल सञ्चालन नगरिने जानकारी दिए ।

‘सहुलियत पसल सञ्चालन नगरे पनि खाद्य र साल्टका आउटलेटमा घिउ उपलब्ध गराउँछौं,’ उनले भने । मन्त्रालयका अनुसार आउटलेटसँगै घुम्ती सेवा पसल पनि सञ्चालन गरिनेछ । घुम्ती सेवा विशेषगरी साल्ट ट्रेडिङले सञ्चालन गर्दै आएको छ ।

सरकारले प्रतिकिलो ७० रुपैयाँमा चिनी बिक्री गर्ने निर्णय गरेको छ । हाल साल्टको चिनीको मूल्य ७३ रुपैयाँ छ । निजी क्षेत्रले आयात र उत्पादन गरेको चिनीको खुद्रा मूल्य ८५ रुपैयाँसम्म पर्छ । साल्टबाट बिक्री गर्ने उक्त चिनी गत वर्षको तुलनामा सस्तोमा बिक्री गर्न लागिएको आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता केसीले जानकारी दिइन् ।

सस्तो चिनी खरिदमा भने सीमा तोकिएको छ । प्रतिपरिवार ४ किलो मात्रै खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘सहुलियत चिनी ८ सय टन मात्रै मौज्दात छ । त्यही भएर खरिदमा सीमा तोकेका छौं,’ उनले भनिन्, ‘थप २० हजार टन आउने क्रममा छ । अभाव हुँदैन ।’

खाद्यले बिक्री गर्ने चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । दसैंलाई लक्ष्य गरी बिक्री गरिने खसी, बोका, च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ । खसीबोका र च्यांग्रा भने घटस्थापनाको एक–दुई अगाडिबाट मात्रै बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।

खसीबोका हेटौंडा, दाङ र च्यांग्रा मुस्ताङबाट खरिद गरी बिक्री गरिने जनाइएको छ । ‘तत्काललाई एक हजार खसी र एक हजार च्यांग्रा किन्ने योजना छ,’ उनले भनिन्, ‘माग बढे थप भित्र्याउँछौं ।’ खाद्यले १० रुपैयाँ छुट दिने बताए पनि किलोको मूल्य भने निर्धारण गरेको छैन ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.