आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

२१ भदौ ७६, आइतबार

२२, भदौ, विराटनगर ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस । हरेक वर्ष सेप्टेम्बर ८ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघले तय गरेको दीगो विकास लक्ष्यको महत्वपूर्ण पाटोका रुपमा साक्षरता रहेको छ । विश्वभरका देश तथा सरोकारवालाहरुलाई साक्षरता अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्ने तथा साक्षरताका अवरोध र त्यसलाई तोड्ने उपायहरुबारे छलफल थप प्रभावकारी बनाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको हो ।

Advertisement

यस वर्षको दिवसलाई आदिबासी भाषाको अन्तर्राष्ट्रिय वर्षसँग जोडेर मनाइएको छ । यो वर्ष साक्षरता र बहुभाषावादलाई आधार मानेर दिवस मनाईँदै छ । शिक्षामा विशेष आवश्यकता सम्बन्धी विश्व सम्मेलन भएको २५ औँ वर्षगाँठ भएकाले यो वर्ष विशेष रुपमा मनाईँदै छ ।

सन् २०१५ को सेप्टेम्बरमा विश्वभरका नेताले सहमति जनाएको दीगो विकास लक्ष्यको लक्ष्य नम्बर चारमा साक्षरता रहेको छ ।

Advertisement

यस अनुसार सबैलाई गुणस्तरीय शिक्षा र सिक्ने अवसरहरु प्रदान गर्ने उल्लेख छ । यस अन्तर्गत सबै बालबालिका तथा वयस्कहरुलाई साक्षर बनाउनेमा प्रतिबद्धता जनाइएको छ ।

नेपाल सरकारले यो वर्ष (वि.सं २०७६) लाई साक्षर नेपाल वर्ष मनाउने घोषणा गरेको छ । गएको माघमा मन्त्रीपरिषद बैठकले यहि वर्ष देशलाई पूर्ण साक्षर बनाउने घोषणा गरे पनि हालसम्म ७७ मध्ये ५१ जिल्ला मात्रै पूर्ण साक्षर भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top