३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
कुल संक्रमितमध्ये आज १५ हजार ७ सय ७९ जना आइसोलेसनमा उपचाररत छन् ।
आज मंगलबार मात्र १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।