आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

४ जेठ ७८, बुधबार

५ जेठ, काठमाडौँ ।

केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्।

तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ।

Advertisement

वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गर्ने निर्णय गरिएको चिठीमा उल्लेख गरिएको छ। उक्त दिन ठाकुर र महतो पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा जम्मा भई बैठक गरेका थिए।

उक्त बैठकमा महतोलाई दलको नेता चयन गर्ने सहमति बहुमतबाट गरिएको बैठकमा सहभागी जसपाका सांसद प्रमोद साहले बताए।

Advertisement

यादव पक्षका नेताहरूले ठाकुर र यादवबीच भने ८ बुँदे सहमतिसँगै महतोलाई संसदीय दलको नेता चयन गरिएको विषय पनि समाप्त भएको बताएका छन्। ८ बुँदे सहमतिमा महतोलाई दलको नेता चयन गरिएको विषय उल्लेख गरिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top