आठ साहित्यकारलाई सम्मान गरिने

३१ जेठ ७५, बिहीबार
Share this
817shares

काठमाडौँ, जेठ ३१

Advertisement

नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो ।

Advertisement

सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान काठमाडौँका विजय चालिसेलाई तुजाखग साहित्य सम्मान काठमाडौँकै हरिप्रसाद सोडारी र दुर्गा विष्णु समालोचना साहित्य सम्मान धादिङका कृष्ण गौतमलाई प्रदान गरिने निर्णय भएको संयोजक मैनालीले जानकारी दिए । पुरस्कार राशि जनही रु ११ हजार १११ रहेको छ ।

यसैगरी, नोबेल साकोस साहित्य सम्मान काठमाडौँका गोपीकृष्ण प्रसाई, एन्जेलिना नेउपाने साहित्य सम्मान लमजुङका श्रीकृष्ण न्यौपाने, हरिभक्त मीना बालप्रतिभा सम्मान पाल्पाका सुधा पाल्पाली र पदम—दीपा साहित्य सम्मान ओखलढुंगाका तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार ५०० रहेको छ ।

Advertisement

यस्तै, निरन्तर साहित्य सम्मान गुल्मीका लीलाधर पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मानको पुरस्कार राशि रु दुई हजार २०० रहेको छ । यी सबै पुरस्कार तथा सम्मान आगामी असार २ गते शनिबार एक कार्यक्रमका बीच वितरण गरिने संयोजक मैनालीले बताए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top