“आर्केस्ट्रा” मा बेचिँदै नेपाली चेली

१९ माघ ७४, शनिबार

पर्सा – रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो । रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए । रविना १४ वर्षीया अर्की साथीका साथ सीमान्त सहर आइपुगेकी थिइन् । आजको कान्तिपुरमा खबर छ ।

तीनैजना युवतीलाई वीरगन्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । त्यहाँको अज्ञात गाउँमा लगेर स्थानीय पारस बैठाले सञ्चालन गरेको अर्केस्ट्रा (पेसेवर नृत्य समूह) मा जोडियो । पहिलो साता राम्रै व्यवहार भयो । पछि उनीहरूलाई कुटपिट गर्दै नृत्यको तालिम दिन थालियो । बैठाको समूहले युवतीलाई जबर्जस्ती वैवाहिक तथा अन्य समारोहमा नाच्न लगाउँथे । छोटा कपडा लगाएर नृत्य गर्नुपथ्र्यो । एक दिनको भारु १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ भनेर प्रलोभन देखाए पनि पारिश्रमिक भने पाएनन् । ज्यादती बढेपछि युवतीले स्वदेश फर्कन खोजे ।

तीनैजनाले पारिश्रमिक माग्दा पाएनन् । खेतको बीचमा झुप्रो बनाएर राखिएको थियो । राति अपरिचित युवा आएर दुव्र्यवहार गर्थे । भाग्न खोज्दा कुटपिट गर्थे । एक रात भाँडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाली सीमासम्म आइपुगे । रविनासँगै आएकी किशोरी अहिले पनि सीमापारि अर्केस्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगन्ज शाखाले अभिभावक बोलाएर जिम्मा लगाएको छ । उनीहरूले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए ।

Advertisement

स्याङ्जा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा-व्यथा पनि उस्तै छ । गाउँकै तारा भनिने एक महिलाले मैनबत्ती उद्योगमा काम पाइन्छ भनेर उनलाई भारत विहारको बगाहा पुर्‍याइदिइन् । तर मैनबत्ती उद्योगमा नभई अर्केस्ट्रामा काम गर्नुपर्‍यो, उनले । त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपालले भारतीय प्रहरीसँग समन्वय गरी बगाहा पुगेरै उनलाई उद्धार गरेर स्वदेश ल्यायो ।

यी प्रतिनिधि घटना मात्र हुन् । यसले अर्केस्ट्राका नाममा चेलीबेटी बिक्री हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका थुप्रै नेपाली चेली अहिले सीमावर्ती भारतीय बजारमा फस्टाएको अर्केस्ट्रा व्यवसायमा काम गर्न बाध्य छन् ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top