आशा जगाउँदै पर्वतारोहण

१९ कात्तिक ७७, बिहीबार

काठमाडौं: गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे ।

यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो ।

नेपालका लागि महŒवपूर्ण पर्वतीय पर्यटनलाई महामारीकै बीचमा पुनः जगाउन उक्त अनुमतिले जसरी आशा जगाएको थियो त्योभन्दा धेरै उत्साहित बनायो बहराइनका राजकुमारसहितको टोलीको आरोहण अनुमतिले । मन्त्रिपरिषद्ले नै बहराइन र बेलायतका दुई टोलीलाई मनास्लु हिमालका लागि आरोहण अनुमति दिने निर्णय गरेको थियो ।

Advertisement

विदेशी पर्यटक स्वागत गर्न नपाएको नेपालका लागि नै त्यो उत्साहपूर्ण खबर थियो । महŒवपूर्ण व्यक्तित्वसहितको टोली भएकाले पनि उक्त आरोहणप्रति आम सर्वसाधारणको समेत चासो बढेको थियो । आरोहण टोलीको हरेक गतिविधि नेपाली सञ्चार माध्यमका लागि नियमित खबर भए । मनास्लु हिमालको सफल आरोहण गरेर पर्वतीय पर्यटनलाई बलियो उत्साह थप्दै बहराइनको टोली कात्तिक ७ गते फर्कियो ।

वरुण सेमा नेपाली र मनास्लुमा बहराइन र बेलायत गरी दुई टोलीलाई आरोहण अनुमति दिएको पर्यटन विभागले त्यसयता थप चारवटा आरोहण अनुमति जारी गरिसकेको छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार कात्तिक १ पछि आमादब्लमका लागि दुई, ग्याल्जेन र हिमलुङ हिमाल आरोहणका लागि एक÷एक टोलीलाई आरोहण अनुमति प्रदान गरिसकिएको छ ।

Advertisement

त्यसमध्ये ग्याल्जेनको आरोहण दल नेपाली हो भने बाँकी तीनवटा विदेशी आरोहण दल हो । विभागले पछिल्लोपटक मात्रै हिमाल आरोहणका लागि ४३ जनाको अन अराइभल भिसा स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेकाे निर्देशक आचार्यले जानकारी दिनुभयो ।

सिफारिस गरिएकामध्ये भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायत देशका नागरिक रहेको विभागले जानकारी दिएको छ ।, याे समाचार गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top