इजरायली प्रधानमन्त्रीद्वारा विवादास्पद धार्मिक र्‍यालीका लागि स्वीकृति

२६ जेष्ठ, एजेन्सी ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सरकारले धार्मिक राष्ट्रवादीहरुलाई मार्च निकाल्नका लागि अनुमति प्रदान गरेको छ।

यसअघि सरकारले अनुमति दिन अस्वीकार गरेको थियो। फेरि एकपटक तनावको अवस्था सिर्जना हुन सक्ने भन्दै मार्चका लागि स्वीकृति दिइएको थिएन। तर १२ वर्षपछि सत्ताबाट बाहिरिँदै गर्दा नेतन्याहूले स्वीकृति प्रदान गरेका हुन्।

धार्मिक मार्च बिहीबार हुनु पर्ने थियो। पूर्व निर्धारित रुट अनुसार धार्मिक राष्ट्रवादीहरुको र्‍याली जेरुशेलमको मुस्लिम क्वाटर हुँदै जाने थियो। तर प्रहरीले सो रुट खारेज गरेको छ। अब आउँदो मंगलबार सो र्‍याली हुने भएको छ।

Advertisement

गाजामा नियन्त्रण कायम गरेको इस्लामिक समूह हमासले र्‍याली भएमा तनावको अवस्था आउन सक्ने चेतावनी दिएको छ। गएको महिना इजरायल र प्यालेस्टाइनबिच ११ दिनसम्म चलेको हिंसात्मक भिडन्तको क्रममा कम्तीमा २४२ जना प्यालेस्टाइनी तथा १३ जना इजरायलीको ज्यान गएको थियो।

मंगलबार नेतन्याहू मन्त्रीपरिषदको बैठकले विवादास्पद धार्मिक र्‍यालीका लागि स्वीकृति प्रदान गरेको हो। आउँदो आइतबार इजरायली संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ।

Advertisement

नयाँ गठबन्धन बनेकाले नेतन्याहूको सत्ता समाप्त हुने तय भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top