२२ चैत, काठमाडौँ । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स र टोरिनोले बराबरी खेलेका छन्।
राति भएको खेलमा युभेन्ट्स र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् ।
खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए ।
खेलको ४६ औं मिनेटमा सनाब्रियाले गोल गर्दै टोरिनोलाई २/१ गोलको अग्रता दिलाए । तर खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले २/२ गोलको बराबरी गर्यो ।
बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौथो स्थानमा रहेको छ ।
टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।