इटालियन सुपर कप : रोनाल्डोको गोलमा युभेन्टसलाई उपाधि

२ माघ ७५, बिहीबार

एजेन्सी, माघ ३
युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले उपाधि जित्न सफल भएको हो ।

साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका थिए ।

यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस आएका रोनाल्डोले आफ्नो उच्च फर्मलाई बुधबार पनि कायमै राखे । खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।

Advertisement

पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो । यस पटकको उपाधि जितेसँग युभेन्टसले सर्वाधिक ८ पटक जितेको कीर्तिमान कायम गरेको छ । एसी मिलानले पनि सात पटक उपाधि हात पारेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top