‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक

१० चैत, काठमाडौँ । युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् ।

पोषणविद् डा. अरुणा उप्रेतीले धार्मिक महत्त्वका दृष्टिकोणले परम्परागत रूपमा हप्ता वा महिनाको एक दिन व्रत बस्ने चलन रहेको बताउँदै भनिन्, “पहिले तौल घटाउन व्रत बस्दैनथे । आध्यात्मिक रूपमा बस्ने प्रचलन थियो तर खानपिनमा आएको परिवर्तनले मोटोपनको समस्या सिर्जना गरेपछिव्रत बस्ने चलन सुरु भएको पाइन्छ । ”

मध्यम र धनी वर्गले ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्ने गरेको पाइन्छ । उनले गरिब वर्गले यसै पनि खाना कम खाने र शारीरिक अभ्यास धेरै गर्ने भएकाले यो व्रत अपनाउन आवश्यक नै नभएको बताइन् ।

Advertisement

उनका अनुसार यस्तो व्रत बस्नुअघि वा पछि कुनै पनि पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने योजना बनाउनुपर्दैन । उनले भनिन्, “हामीले खाने सामान्य दाल, भात र तरकारी खाएर पनि यो व्रत बस्न सकिन्छ । विशेषज्ञको सल्लाहबेगर इन्टरमिटेन्ट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । ”

उनका अनुसार सबैलाई १६ घण्टाको उपवास अनिवार्य हुँदैन । शरीरको आवश्यकताअनुसार विशेषज्ञको सल्लाहमा व्रत बस्न सकिन्छ । ‘इन्टरमिटेन्ट फास्टिङ’ सबैका लागि वरदान नहुन सक्नेतर्फ सचेत गराउँदै डा. उप्रेतीले थपिन्, “तरिका मिलाएर यसको अभ्यास गरे फाइदा हुनसक्छ ।

Advertisement

यस्तो अभ्यास गर्दा यो सँगसँगै अन्य नियमित शारीरिक अभ्यास गर्ने, चिनीको सेवनलाई रोक्ने वा घटाउने, प्रशस्त ताजा फलफूल, सागसब्जी, गेडागुडी, दाल, रेसादार खाना, प्राकृतिक प्रोटिन, प्राकृतिक तेल आदि खाने गर्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top