इन्दु प्लेयर अफ द म्याच

३० कात्तिक ७८, बुधबार

३० कात्तिक, काठमाडौं।

कतारसँगको पहिलो डब्लूटि२० आई खेलमा नेपाली महिला क्रिकेट टोलीकी शीर्षक्रमकी ब्याटर इन्दु बर्मा प्लेयर अफ द म्याच चुनिएकी छिन् । मंगलबार  कतारको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा भएकाे खेलमा नेपाललाई सानदार जित दिलाउन इन्दुले कीर्तिमानी अर्धशतक प्रहार गरेकी थिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको छ । इन्दुले ४७ बलमा ५ चौका सहित ५५ रनको अविजित इनिङ खेल्दै रिटायर्ट हर्ट भएकी थिइन् । इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

Advertisement

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । इन्दु बाहेक नेपालबाट सीता रानामगरले ३३ बलमा ५ चौका सहित ३९ र सरिता मगरले २१ बलमा २ चौका सहित २१ रन बनाएका थिए ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

Advertisement

तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top