इरानमा कोरोनाबाट अहिलेसम्म एक लाख नर्स संक्रमित

२९ बैशाख, एजेन्सी । इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ ।

इरानमा कोभिड–१९ को महामारी पत्ता लागेपछि नर्सहरूले गरेको सेवाको संगठनका प्रमुख मोहम्मद मिर्जाबेगीले प्रशंसा गर्दै भने, “विश्वव्यापी महामारीका समय नर्सहरूले दिएको सेवाका कारण हजारौँ मानिसको जीवन सुरक्षित बनेको छ ।

Advertisement

बिरामीहरूको हेरचाह गर्न नर्सहरूले त्याग नगरी मुलुकमा संकटलाई नियन्त्रण गर्न नसकिने थियो । सङ्कटका समय नर्सहरूबाट पु¥याएको योगदानको राष्ट्रले उच्च कदर गर्नुपर्नेछ ।”

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले मिर्जाबेगीलाई उद्धृत गरी लेखेको छ, “सङ्क्रमित करिब एक लाख नर्सहरूले आफू कोभिड–१९ सङ्क्रमित भएपछि निश्चित समयको उपचार तथा आरामपछि पुनः सेवामा जोडिएका थिए ।

Advertisement

उक्त अवधिमा १२० नर्सको कोभिड–१९ सङ्क्रमणपछि शरीरमा आएका विविध समस्याका कारण ज्यान गुमाएका थिए ।”

इरानमा नर्सहरूको अभावलाई सङ्केत गर्दै उनले भने, “विगत वर्षहरूमा नर्सहरूको ५३ हजार दरबन्दीका लागि अनुमति रहेको भएपनि मात्रै तीन हजारले सेवा प्रवेश पाएका थिए ।”

उनले समयमा नै जिम्मेवार पक्षले यस्ता क्षेत्रका सम्वेदनशील कुरालाई नबुझिदिँदा अहिले यसको प्रभाब स्वास्थ्य क्षेत्रले ब्यहोर्नु परेको बताए ।

उनले स्वास्थ्य अधिकारीहरुलाई अग्रमोर्चामा खटिने देशभरका नर्सहरुलाई तुरुन्त खोप पूरा गर्न आग्रह गरे । मंगलबार इरानले आफ्नो देशमा विकशित कोभिड–१९ विरूद्धको खोपको ठूलो परिमाणको उत्पादन सुरु गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top