ईजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख, एजेन्सी । इजरायल सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ ।

हवाई आक्रमणमा गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकुसहित २० जनाको आक्रमणका क्रममा मृत्यु भएको हो । मारिनेमा अधिकाशं बालबालिका रहेको बताईएको छ ।

प्यालेष्टाइनी लडाकुले जेरुसलममा श्रृंखलाबद्ध रकेट प्रहार गरे लगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई आक्रमण गरेको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय लगातार झडपहरु भइरहेका छन् ।

Advertisement

यसअघि सोमबार जेरुसलममा इजरायली प्रहरीसंगका झडपमा कयौं प्यालेष्टाइनी घाइते भएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासबिरुद्ध इजरायलले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

यसैबीच अमेरिका, युरोपियन युनिएन र बेलायतले भने तनाव चाँडो भन्दा चाँडो मत्थर पार्न दुबै देशलाई आग्रह गरेको छ ।

Advertisement

प्यालेस्टाइनले जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिद आफनो भएको जनाउँदै आएको छ भने इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल भएको दाबी गरेको छ । यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top