ईडीभी परेपछि अमेरिका जान नक्कली सर्टिफिकेट बनाउँदा प्रहरी हिरासतमा

Share this
801shares

काठमाडौं : सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि ।

Advertisement

काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली सर्टिफिकेट बुझाएपछि उसले छानबिन थाल्यो । सम्बन्धित कलेजमा पनि उले बुझ्यो । तर उसको अभिलेख भेटिएन ।

माझीले आठ कक्षा मात्रै अध्ययन गरेको रहस्या खुल्यो । माझीले तीन लाख रुपैयाँ खर्च गरेर काठमाडौंमै नक्कली सर्टिफिकेट बनाएकी थिइन् ।माझीले बुझाएको सर्टिफिकेट नक्कली रहेको थाहा पाएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै आवश्यक छानबिन गरेर कारबाही गर्न पत्राचार ग¥यो । माझी अहिले प्रहरी हिरासतमा छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top