उडान बन्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको शव अड्कियो

२४ जेठ ७८, मंगलबार

२५ जेठ, काठमाडौं ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको शव रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

Advertisement

उनका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताए ।

मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् ।

Advertisement

‘दिनहुँ घर फर्कन पर्नेहरूको सङ्ख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेको हो, उडान नखोली समस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भने ।

मलेसियामा गएको वर्षजस्तो रोजगारी गुमेर अलपत्र पर्ने अवस्था छैन अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ ।

मलेसियामा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । नेपाली श्रमिक पनि सङ्क्रमित भइरहेका छन् । तर कोरोना सङ्क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना नागरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top