उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना संक्रमित

११ असोज ७७, सोमबार

१२ आश्विन, विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । आइतबार जाँचका लागि स्वाब दिएकोमा सोमबार प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएकोले आफूसँग केही दिन यता सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन उनले आग्रह गरेका छन्।

आफूलाई कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको उनले बताएका छन्। ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।

Advertisement

तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु’, ढकालले भनेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top