उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, वीरगन्ज ।
उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो,’ हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीले भने, आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।

Advertisement

नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो ।’ डा. अन्सारीका अनुसार करिब २ बजे स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालका सञ्चालक डा. अन्सारीले भने, साढे ४ बजे उनको मृत्यु भयो ।’

बालकलाई उनका आमाबुबाले अस्पताल लिएर आएका थिए । निजगढको सामुदायिक अस्पतालबाट ती बालकलाई वीरगन्ज रिफर गरिएको थियो । डा.उदयनारायण सिंहका अनुसार बालकको परिवारको यात्रा विवरण पनि बाहिरबाट आएको देखिएको छैन ।

Advertisement

डा.सिंहले भने, कहिलेकाहीँ बजार बाहेक बाहिर गएका छैनन्, यसअघि निजगढमा कोरोना संक्रमणसमेत देखिएको छैन ।’ बालकको उपचारमा संलग्न सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर हस्पिटलका स्वास्थ्यकर्मी र चिकित्सकको पनि स्वाब परीक्षण गरिने उनले बताए ।

परिवारिक सदस्यको पनि कन्ट्याक्ट ट्रेसिङको कार्य थालिएको डा. सिंहले जनाए । बालकको शव लिन बाराबाट सेनाको टोली आइपुगेको वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अन्सारीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top