उपचारमा ढिलाइ गर्नेलाई छुट छैन : प्रधानमन्त्री

१२ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् ।

जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समिति अध्यक्षसमेत रहेका ओलीले ‘जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न’ सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप ल्याउन सकिए मात्र लडाइँ जितिने बताएका छन् । ‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ, अन्यथा लडाइँ गरिरहनुपर्ने भयो,’ बैठकमा उनले भने, ‘कोरोना खोप आयात पहिलो प्राथमिकता हो ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोगस्वरूप आएका स्वास्थ्य सामग्रीलाई समानुपातिक र यथोचित वितरण गर्न निर्देशनसमेत दिए ।

बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन पनि उनले दिए । अध्यादेशले कानुनी प्रबन्ध गरेको र कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउँदै खोप समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

विगतमा अक्सिजन आपूर्ति सरकारले विमानबाट सिलिन्डर मगाएरसमेत उच्च महत्व दिएको बताउँदै उनले विभिन्न मित्र राष्ट्रबाट अक्सिजन सिलिन्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्सिजन सिलिन्डरकै व्यवस्था गर्न पनि सरकार लागिपरेको बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top