उपत्यकामा जेठ अन्तिमसम्म निषेधाज्ञा थपिन सक्ने

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौँ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ ।

कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् ।

Advertisement

सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement

उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।

तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए ।

Advertisement

भर्खरको समाचार

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top