उपनिर्वाचनः धनपालथान–२ मा वडाध्यक्षका लागि मतदान हुँदै

१३ मंसिर ७६, शनिबार

१४ मंसिर, विराटनगर ।
उपनिर्वाचन अन्तर्गत मोरङको धनपालथान गाँउपालिकाको वडा २ मा अध्यक्ष पदका लागि मतदान जारी छ ।

Advertisement

वडा नम्बर दुईमा जम्मा ६ जना उम्मेदवारबिच प्रतिस्पर्धा रहेको छ।

नेपाली कांग्रेसका नारायण साह, नेकपाबाट पंकज मण्डल, सिके राउतको जनमत पार्टीबाट चनरादेवी मण्डल, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पासवान, नेपाल लोकतान्त्रिक पार्टीबाट इचनारायण मण्डल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योति पासवानको उम्मेदवार रहेका छन् ।

Advertisement

वडा नं.२ मा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच सहकार्य रहेको छ। समाजवादी पार्टीले कांग्रेस नेता साहलाई समर्थन गरेको छ। त्यसैगरि अर्कोतर्फ नेकपाले स्थानीय पंकज मण्डललाई उम्मेदवार बनाएको छ। राजपाका चन्दानन्द मण्डलले उम्मेदवारी फिर्ता लिएका थिए।

वडा नम्बर दुईमा ४ हजार ७४ मतदाता संख्या रहेको छ। तत्कानीन एमालेतर्फबाट जित हात पारेका वडाध्यक्ष बलराम भगतको गतवर्ष जेठमा सर्पले डसेर मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top